६ पुस २०८१, शनिबार | December 21, 2024

आजको मौसम : कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने



काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी,तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी , गण्डकी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टामा कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै शनिबार बिहान तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उड्डयनमा आंशिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ७ : २१ बजे

आइएमई पेबाट ट्राभल बुकिङमा १००५ क्यासब्याकको अफर

काठमाडौ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेूले आउदै गरेको

जाडोमा यसरी गरौँ छालाको स्याहार

काठमाडौं । पुस लागेसँगै जाडो अत्यधिक बढिसकेको छ । यस

एनपिएल फाइनल भिडन्त : जनकपुरविरुद्ध सुदुरपश्चिमले पहिले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल सुरु हुन

ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ध्यान योगलाई विद्यालयस्तरसम्म

शेखर कोइरालाको ‘सुप’ दौड, भन्छन् – कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु

धनगढी । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको