काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक जारी रहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजका लागि पदाधिकारी बैठक बोलाए बमोजिम पदाधिकारीको बैठक बसेको हो ।
आज बिहान ८ बजेबाट अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पदाधिकारी बैठक बसेको हो ।
स्थानीय तह उपनिर्वाचनवाट हौसिएको माओवादीले त्यसको समीक्षा गर्ने र आसन्न केन्द्रीय कमिटी बैठकलगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुने बताइएको छ ।
साथै, बैठकले अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबारे पनि निर्णय लिन सक्ने आंकलन गरिएको छ ।
प्रतिक्रिया