१७ चैत्र २०८१, आइतबार | March 30, 2025

बुटवलको ३ स्थानमा घुम्ती शौचालय



बुटवल । बुटवलका ३ स्थानमा घुम्ती शौचालय राख्ने भएको छ । बुटवल उपमहानगरपालिकाले ट्राफिक चौकमा रहेको दुर्गा मन्दिरको पूर्व पूर्वपट्टी, हस्पिटललाइन पुष्पलाल चोकको पूर्वपट्टी र राजमार्ग चौराहमा रहने गरी ३ ओटा घुम्ती शौचालय राखिने भएको हो ।

आईतबार एक कार्यक्रमको आयोजना गरी बुटवल उपमहानरपालिकाले सञ्चालनको लागि जिम्मा पाएको बुटवल सेनेटरी प्रालिलाई सम्झौता तथा शौचालयको चाँपी हस्तानान्तरण गरेको छ ।

सम्झौता तथा चाँपी हस्तानन्तरण कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले पैदल यात्री, यातायातको साधान प्रयोग गर्ने यात्रीहरुको लागि घुम्ती शौचालय प्रभावकारी हुने बताए ।

उनले कुनै मेला महोत्सव वा सभा समारोहमा समेत लगेर प्रयोग गर्न मिल्ने गरी पहिलो चरणमा ३ वटा घुम्ती शौचालय स्थापना गरिएको र आगामी दिनमा अझ बढि बिस्तार गरिने जानकारी दिए ।

महिला, पुरुष र अपाङ्गता भएका व्याक्तिहरुको लागि समेत छुट्टाछुट्टै शौचालय व्यवस्था गरिएको यो घुम्ती शौचालयको लागि एउटाको करिव ४० लाख रहेको छ ।

व्यवस्थापन तथा सञ्चालनको लागि जिम्मा पाएको बुटवल सेनेटरी प्रालिका सञ्चालक यम बहादुर थापाले सम्झौतामा उल्लेख गरिएको अनुसार, कार्यविधीको पूर्ण पालना गरी घुम्ती शौचालय सञ्चालन गरिने प्रतिवद्धता समेत जनाए ।

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ३ : ३७ बजे

नेपालमा हुने पहिलो इन्टरनेसनल रनिङ कन्फ्रेन्स २३ जेठमा

काठमाडौं । नेपालमा खेलकुद सम्बन्धि बहस छलफल बिरलै भइरहेका बेला

फरार दुर्गा प्रसाई फेसबुक लाईभमा देखिए

काठमाडौं । प्रहरीले फरार भनेको बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाईं

प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगित

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगित भएको छ

प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरु आम्नेसाम्ने

काठमाडौं । प्रतिनिधिसभा बैठकमा संचालनमा आज पनि अवरोध भएको छ