८ पुस २०८१, सोमबार | December 23, 2024

बुटवलमा हुने प्रथम मगर साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा



बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा हुने प्रथम मगर साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल मगर महिला संघ रुपन्देहीले आइतबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी यही मंसिर २१ र २२ गते हुने महोत्वसको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।

महोत्वसको प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रचार समितिका संयोजक यम रानाले बताए । साथै उद्घाटन समारोहमा साहित्यकार प्राज्ञ बुद्ध रानामगर, नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगर, नेपाल मगर महिलाका केन्द्रिय अध्यक्ष हिरुसरा राना मगर र बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय लगाएतको सहभागिता रहने कार्यक्र संयोजक रानाले बताए ।

महोत्वसमा समुदायको भाषा, साहित्य, ईतिहास र परम्परको संक्षणमा टेवा पुग्नेगरी आयोजना गरिने सम्मेलनमा कविता बाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचिन सामग्रीहरुको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिनुका साथै प्यानल डिस्कसन हुने नेपाल महिला संघ रुपन्देही अध्यक्ष तथा मुल आयोजक समिति संयोजक निर्मला थापा मगरले बताइन् ।

महोसत्वमा विभिन्न ७ वटा प्यानल डिस्कशन, मगर कविता बाचन प्रतियोगिता तथा श्रष्टाहरुलाई सम्मान गरिने महोसत्व मुल आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिए । महोत्सवमा प्यानल डिस्कशनका लागि अभियन्ता तथा नेपाली बैज्ञानिक महाविर पुन मगर, चर्चित नायिका मिरुना मगर, वरिष्ठ पत्रकार जे।बी। पुन मगर लगायत प्रतिष्ठित व्यक्तिहरुसँग प्यानल डिस्कशन गरिने प्रवक्ता गाहाले जानकारी दिए ।

यसैगरी महोत्सवमा समाजशास्त्री तथा अध्ययता सुरेश ढकालको प्रस्तुती रहने प्रचार प्रसार समितिका संयोजक यम रानाले जानकारी दिए । ढकालले तयार पारेको मगर जातीको ‘भेजा’ प्रणाली सम्बन्धि डकुमेन्ट्री प्रदर्शन तथा यस बारेमा छलफल गरिने उनले बताए ।

मगर समुदायको भाषा, साहित्य, ईतिहास र परम्परको संक्षणमा टेवा पुग्नेगरी आयोजना गरिने सम्मेलनमा कविता बाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचिन सामग्रीहरुको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिने भएको छ ।

महोत्सवमा मगर समुदायले बोल्ने ढूट, खाम तथा काईके गरी ३ वटै भाषामा कविता बाचन प्रतियोगिता हुने महोत्सव मूल आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद राशीले सम्मान गरिने छ । यसैगरी सान्त्वना हुने दुई जनालाई पनि नगद पुरस्कारको व्यवस्था गरिनुका साथै सम्पूर्ण सहभागीलाई प्रोत्साहनस्वरुप नगद राशीले सम्मान गरिने गाहाले जानकारी दिए ।

देशभरका मगर साहित्यकार, कलाकार तथा फरक-फरक विधाका व्यक्तित्वहरुको सहभागिता रहने सम्मेलन आयोजनाका लागि १०१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको थियो । सम्मेलन सफल बनाउन प्रवासमा रहेका नेपालीहरुलाई जोड्न १ दर्जन बढी देशहरुमा उप समिति गठन गरेकोे प्रचार संयोजक रानाले जानकारी दिए ।

सम्मेलनमा आदि कवि जितबहादुर सिंजाली मगर साहित्य पुरस्कार र गोरे बहादुर खपाङ्गी मगर सामाजिक पुरस्कार स्थापना गरी सम्मान गरिने उनले बताए। सम्मेलन सम्पन्न गर्न २० लाख खर्च अनुमान गरिएको छ भने उक्त रकम दान दातव्य, मगर चलचित्र च्यारिटी शो, विदेशमा रहेका नेपालीहरुबाट सहयोग संकलन, क्यूआर कोटबाट न्यूनतम १० रुपैयाँ दान अभियान तथा स्थानीय सरकारसँग सहकार्य गरी संकलन गरिने बताए ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ३ : २१ बजे

हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख आचार्य छोरासँगै मृत फेला

खोटाङ । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद

बेमौसमी तरकारी बाली उत्पादन परीक्षणमा जुट्यो सुन्दरबजार

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाले बेमौसमी तरकारीबाली परीक्षण उत्पादन सुरू

विद्युत् प्रसारण र वितरण प्रणाली सुधारमा ७२ अर्ब ९३ करोड रुपैयाँको लगानी जुट्यो

काठमाडौं । देशभित्रको विद्युत् आपूर्ति भरपपर्दो तथा गुणस्तरीय बनाउन र

एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलका क्रममा अभद्र