१ बैशाख २०८२, सोमबार | April 15, 2025

मिलन कला केन्द्रद्वारा प्रदेश स्तरीय ‘नो भोट-नो एसएमस’ एकल नृत्य प्रतियोगिता गर्दै



बुटवल । फरक फरक किसिमका धेरै नृत्य प्रतियोगिताहरु गर्दै आएको मिलन कला केन्द्रले लुम्बिनी प्रदेश स्तरीय एकल नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। केन्द्रले नो भोट नो एसएमएस एकल नृत्य प्रतियोगितामा आयोजना गर्ने भएको हो ।

भोट र एसएमएसका कारण कैयौ लुकेर बसेका प्रतिभाहरुको प्रतिभा बाहिर आउन नसकिरहेका बेला नो भोट नो एसएमसबाटै प्रतिभाको खोजि गर्न एकल नृत्य प्रतियोगिता गर्न थालिएको आयोजकले जनाएको छ । हरेक प्रकारको अभावले खुम्चिेर वा आफैमा लुकेर बसेका प्रतिभाका धनीलाई सुनौलो अवसरकारुपमा प्रदेश स्तरीय एकल नृत्य प्रतियोगिता आयोजना गरिएको मिलन कला केन्द्रकी अध्यक्ष मिना बुढाथोकीले बताइन् । उनले एकल नृत्य प्रतियोगितामा कला र नृत्यका प्रतिभाको न्यायपूर्ण मुल्यांकन गर्ने र नाफामूलक नभइ शुद्ध प्रतिभाको कदर र मुल्यांकन गरिने जनाइन् ।

उनका अनुसार प्रतियोगितामा भाग लिनका लागि अनलाइनमार्फत पनि अडिसन दिन सकिने र बिजेताहरुले आकर्षक पुरस्कार जित्न सक्ने छन् । एकल नृत्य प्रतियोगिताका लागि यही मंसिर ८ गते रुपन्देहीको सैनामैनामा अडिसन सम्पन्न भइसकेको छ भने १२ वटै जिल्लाबाट छनौट गरेर मंसिर २२ गते बुटवलको इलिट इङ्लिस बोर्डिङ स्कुलमा आयोजना गरिने छ । प्रतियोगिताका लागि लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ५ सय बढी नव प्रतिभा कलाकारहरुको सहभागिता रहने अध्यक्ष मिना बुढाथोकीले जानकारी दिइन् ।

कार्यक्रम संयोजक दावा शेर्पाका अनुसार प्रतियोगिताका लागि पहिलो पुरस्कार ५१ हजार १ सय ११, ट्रफी, दोश्रो पुरस्कार २१ हजार १ सय ११ ट्रफी र तेस्रो पुरस्कार १५ हजार १ सय ११ रुपैयाँ ट्रफी राखिरिएको छ ।

नृत्य निर्देशक सघं रुपन्देहीका अध्यक्ष सुन्दर गुरुङले प्रतियोगिताले आफुसँग भएको प्रतिभा मरेर नजाने तथा प्रतिभा भएकाहरुका लागि धेरै राम्रो कार्यक्रम ल्याएको भन्दै सबैलाई सहभागिता जनाउन आग्रह गरे ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  १ : १६ बजे

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष प्रचण्ड

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका

जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते

पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु