२ बैशाख २०८२, मंगलबार | April 15, 2025

लुम्बिनी प्रदेश सरकारले एसियाली विकास बैंकसँगको ऋण सिंचाई अभिवृद्धिकालागि उपयोग गर्ने



दाङ । । लुम्बिनी प्रदेशमा सिंचाई अभिवृद्धिकालागि नयाँ आयोजना सञ्चालन हुने भएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन हुने सिंचाई आधुनिकीकरण वृद्धि परियोजना सम्झौता पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेसँगै सिंचाई आधुनिकीकरण वृद्धि परियोजना सञ्चालन हुने भएको हो ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले परियोजना सम्झौता गर्न सहमति प्रदान गर्ने र हस्ताक्षरकालागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवलाई प्रदेशको तर्फबाट आधिकारीक प्रतिनिधि तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थिले जानकारी दिए । ‘उत्पादन र उत्पादकत्व बढाउन, सुख्खा ठाउँमा सिंचाई बढाउन यो परियोजनाले मद्धत गर्ने छ’, प्रवक्ता पन्थिले भने, ‘प्रदेशको आर्थिक विकासमा यो परियोजनाले समेत योगदान पु¥याउने छ ।

यो परियोजना लुम्बिनी सहित पाँच वटा प्रदेशमा लागु हुने छ । किसान व्यवस्थित सिँचाई प्रणाली मार्फत कृषिको उत्पादकत्व र नाफामा बृद्धि गर्दै जलवायू उत्थानशिलतामा सुधार गर्ने, सिंचाईको आधुनिकीकरण र एकिकृत बाली तथा जल व्यवस्थापनलाई संस्थागत गर्ने उद्देश्य राखिएको छ । किसान व्यवस्थित सिंचाई प्रणाली मार्फत कृषि क्षेत्रको उत्पादकत्व र नाफामा बृद्धि गर्दै जलवायु उत्थानशीलता सुधार गर्न पाल्पा स्थित रामपुर नगरपालिकाको वडा नं. ६, ८ र १० मा कार्यक्रम केन्द्रित गर्न र रम्भा गाउँपालिकाको वडा नं. १ मा जनताको तटबन्ध कार्यालय बुटवलबाट पहाडी लिफ्ट सिंचाई उपआयोजना निर्माण गर्न प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ५ : ४६ बजे

आजवाट त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइनबाटै लिन सकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका

प्रचण्डले गरे रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन

नवलपुर । हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण

सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा

भक्तपुर । मानिसको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर सबै

सरकारले अपेक्षाकृत काम गर्न सकेन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले नागरिकका अपेक्षाकृत

गुल्मीको पुर्तिघाटमा जिप दुर्घटना हुँदा तीन जना घाईते

गुल्मी । कालीगण्डकी गाउँपालिका गुल्मीको पुर्तिघाटमा जिप दुर्घटना हुँदा तीन