५ चैत्र २०८१, मंगलबार | March 18, 2025

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि



काठमाडौं । ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार अर्थात् नोभेम्बर २५ देखि सुरु हुँदैछ ।

महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), केयर नेपाल, मुक्ति नेपाललगायत संस्थाले आज यहाँ संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले हिंसा प्रभावित महिलाले न्यायमा पहुँचको कमी भएको र उनीहरूको न्यायमा पहुँच बढाउनपर्ने जरूरी रहेको धारणा राखेका थिए ।

ओरेक नेपालका कार्यकारी निर्देशक सुनिता मैनालीले नेपालको संविधानमा महिलाको हकको छुट्टै व्यवस्था गरेको भए पनि अझै महिला हिंसामा कमी आउन नसकेको बताइन ।

अभियानका क्रममा नेपालको संविधान २०७२ र संविधानको धारा ३८ को महिलाको हक कार्यान्वयन गर्नुपर्ने, राज्यले अन्तर्राष्ट्रियस्तरमा जनाएको प्रतिबद्धता तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेबारे ध्यानाकर्षण गराइने छ ।

यस्तै, अभियानका मागहरूमा सबै प्रकारका भेदभावपूर्ण नीति, अभ्यास र मूल्यमान्यता तत्काल खारेज तथा सामाजिक रूपान्तरणका लागि समुदायिक तहदेखि राष्ट्रिय तहसम्म अभियान सञ्चालन गर्नुपर्नेलगायत रहेका छन् ।

सरकारी तथा गैरसरकारी संस्थाहरू मिलेर १६ दिने अभियानका क्रममा महिला तथा बालिकामाथि भएको विभेद र हिंसाबारे प्रतीकात्मक नाटक प्रदर्शनी, हिंसाको विश्लेषणात्मक पुस्तक अन्वेषी सार्वजनिक र सरोकारवाला पक्षहरूसँग बृहत् भेला र देशभर गोष्ठीलगायत कार्यक्रम गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ५ : ५७ बजे

अछाममा बिहानै भूकम्पको धक्का

काठमाडौं । अछाममा आज भूकम्प गएको छ । अछामको बाटुलासेन

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

काठमाडौं । चलचित्रले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ

च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु

तनहुँ । जिल्लाको व्यास नगरपालिका-६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका

अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र

‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ मत विभाजनबाट पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन