१ माघ २०८१, मंगलबार | January 14, 2025

पदम राईको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति : माओवादी, पेरिसडाँडामा अन्तिम श्रद्धान्जली



काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीका केन्द्रीय सदस्य पदमबहादुर राईको निधनबाट मर्माहत भएको जनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज एक विज्ञप्ति जारी गर्दै राईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकाछन् भने शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । राईको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति हुन पुगेको माओवादीले जनाएको छ। शोकको घडीमा आम पार्टीपंक्ति र जनसमुदायमा शोकलाई शक्तिमा बदल्न पार्टीले नेता कार्यकर्ताहरुलाई अपील पनि गरेको छ ।

अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले आजै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राईको पार्थीव शरीरमाथि पार्टीको झण्डा ओढाएर श्रद्धान्जली व्यक्त गरेका छन् ।

राईको ५८ वर्षको उमेरमा २०८१ मंसिर ८ गते बेलुकी ६ बजेर ३० मिनेट जाँदा वीर अस्पताल काठमाडौंमा निधन भएको थियो ।

राईको जन्म २०२३ साल पुष १५ गते भोजपुर जिल्ला षडानन्द नगरपालिका १४ साविक बोया गाविसमा बुबा भएको थियो । उनका दुई दाजु, १ भाई र ६ जना दिदीहरु छन्। उनको श्रीमती जमुना राई, छोरा सन्देश राई र छोरी सामना राई छन् । उनले विद्योदय मा।वि। भोजपुरबाट एसएलसी उत्तीर्ण गरी त्रिभुवन विश्वविद्यालय अन्तरगत जनता क्याम्पस सुनसरीबाट स्नातक तहसम्मको अध्ययन गरेका थिए ।

माओवादीले जारी गरेको विज्ञप्तिअनुसार राईले २०४६ सालबाट अनेरास्ववियु छैटौंको सदस्यता प्राप्त गरी विद्यार्थी संगठनको इकाई र जिल्ला समिति हुदै तेह्रौ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य भई कार्य गरेका थिए । उनले २०४७ सालमा पार्टी सदस्यता प्राप्त गरी पार्टीको स्थानीय इकाई हुँदै २०५२ सालमा सुनसरी मोरङ जिल्ला पार्टी सदस्य, भोजपुर जिल्ला सचिव हुँदै २०५६ मा भोजपुर-तेह्रथुम-संखुवासभाको इन्चार्ज, २०६१ सालमा जनमुक्ति सेनाको ब्रिगेड कमिसार, पार्टी केन्द्रीय समिति सदस्य हुँदै विगतमा पार्टी पोलिट्व्यूरो सदस्यसम्मको भुमिका निर्वाह गरेका थिए ।

उनी २०६३ को अन्तरिम व्यवस्थापिका संसदको सदस्य तथा भौतिक योजना राज्यमन्त्री भएका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा राई भोजपुर जिल्ला क्षेत्र नं.१ बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १२ : १३ बजे

डडेल्धुरामा गोली प्रहार गरी श्रीमतीको हत्या

डडेल्धुरा । डडेल्धुरामा एक जनाले गोली प्रहार गरी श्रीमतीको हत्या

सबै समुदायका परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

थारू बस्तीमा माघीको खुसीयाली

बाँके । नयाँ वर्षका रूपमा लिइने माघी पर्वले थारू बस्तीमा

‘तारुकाको पौरख, नेपालको गौरव’

नुवाकोट । माघे सङ्क्रान्ति पर्वका अवसरमा आज नुवाकोटको तारुका, वेत्रावतीलगायत

प्रधानमन्त्री ओलीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई मकर सङ्क्रान्ति र