२ बैशाख २०८२, मंगलबार | April 15, 2025

गरिमा विकास बैंकको १८ औं बार्षिकोत्सवको अवसरमा बुटवल शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । गरिमा विकास बैंक लिमिटेडले बुटवल शाखाले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकको १८ औं बार्षिकोत्सवकोे अवसरमा बुटवल शाखाले शुक्रबार वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा ८४ पोइन्ट रगत संकलन भएको कार्यक्रम संयोजक बैंकका बुटवल शाखाका दैनिक कार्य संचालन इकाइ महेन्द्र बस्यालले जानकारी दिए ।

१८ औं वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौंसहित देशभर १८ वटा फरक-फरक कार्यक्रमहरु समेत आयोजना गरिएको गरिमा विकास बैंक बुटवल शाखाका प्रमुख लेखनाथ भट्टराईले बताए ।

रक्तदान जिवनदान भन्ने कुराले नै त्यसको महत्व बोकेको उल्लेख गर्दै गरिमा विकास बैंकका क्षेत्रीय प्रमुख पुरुषोत्तम पाण्डेयले रगतको अभावको अन्त्य गर्दै जिवन बचाउन आज संकलन गरिएको रगतले सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमुलक कार्यक्रहरुसंगै अन्य विभिन्न कार्यक्रमहरु समेत आयोजना गरी वार्षिकोत्सव मनाउदैं आईरहेको पाण्डेयले जानकारी दिए ।

काठमाडौंको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको यस बैंकको काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटिएममार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १ : ४४ बजे

थरीथरीका चौँरी हेर्दै रमाए पर्यटक

पाँचथर । नयाँ वर्षको अवसरमा चौँरी महोत्सव । समुद्र सहतबाट

सहकारी समस्याबारे राष्ट्रपतिको चासो

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो

China tells airlines to suspend Boeing jet deliveries

Beijing: China has told its airlines to stop taking deliveries

बोइङ जेटको डेलिभरी स्थगित गर्न एयरलाइन्सलाई चीनको आदेश

बेइजिङ । चीन र संयुक्त राज्य अमेरिकाबीचको व्यापार युद्ध गहिरो

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्री कार्यसमितिको बैठक बोलाएको छ । वैशाख