२९ मंसिर २०८२, सोमबार | December 16, 2025

आर्थिक विकासका लागि लगानी खोज्दै लुम्बिनी प्रदेश सरकार



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकास संग जोडिएका महत्त्वपूर्ण आयोजनाहरुमा लगानी भित्र्याउन दातृ निकायहरु संगको छलफललाइ तिब्रता दिएका छन । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा ब्रिटस एम्बेस्सीका आर्थिक विभाग प्रमुख साम फेलको नेतृत्वमा रहेको टोली संग छलफल गर्दै प्रदेशको आर्थिक विकास संग जोडिएका महत्त्वपूर्ण आयोजनाहरुमा लगानी गर्न मुख्यमन्त्री आचार्यले आह्वान गरेका हुन ।

सरकारले लगानीको वातावरण बनाउने भएकाले ढुक्क भएर प्रदेशका योजनाहरुमा साझेदारी गर्न अनुरोध गरे । प्रदेश राजधानीलाई हरित र नदि सभ्यतामा आधारित नमुना शहर बनाउन लगानी चाहिएको जानकारी गराउदै सरकारले लगानीको वातावरण बनाउने र त्यसमा ढुक्क भएर काम गर्न आग्रह गरे ।

“लगानीको वातावरण बनाउन चाहिने आधारहरु सरकारले बनाउछ । ढुक्कको वातावरण हामी निर्माण गर्छौं । प्रदेशको आर्थिक विकास संग जोडिएका आयोजनालाइ अघि बढाउन हामी संग प्रशस्त बजेट छैन” मुख्यमन्त्री आचार्यले भने, “दातृ निकाय, निजि क्षेत्र संग सहकार्य गरेर महत्त्वपूर्ण आयोजनालाइ अघि बढाउन चाहन्छौं ।” प्रदेश सरकारले लुम्बिनी प्रदेशको राजधानी शहर निर्माण, शिवपुर र कालाकाटे सुरुङ्ग मार्ग, वौद्द सर्किटमा मोनोरेल सञ्चालन, कृषि र पर्यटन क्षेत्रमा सघन परियोजनाहरु अघि बढाउन सक्नेगरी लगानीको क्षेत्रहरुको बारेमा जानकारी गराएको छ । शिवपुर देखि कालाकाटेसम्म सुरुङ्ग मार्गको परियोजना ७ किलोमिटरको हुने प्रारम्भिक सर्वेक्षणबाट देखिएको छ । जसले१८ किलोमिटर बाटो छोटिने भएकाले राजधानीसंग पहुँच सहज हुने देखिएको हो ।

“यी आयोजना अघि बढेभने प्रदेशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्छ । घाटा होइन नाफामा जाने आयोजना हुन” मुख्यमन्त्री आचार्यले भने, “प्रदेश सरकार, दातृ निकाय, निजि क्षेत्रको विचमा सहकार्यमा अघि बढाउन सकिन्छ ।” प्रदेश सरकारले लुम्बिनीमा लगानी भित्र्याउन लगानी वोर्डसंग पनि निरन्तर छलफल गरिरहेको छ । लुम्बिनीमा लगानी सम्मेलन गर्ने तयारी पनि छ । प्रदेश सरकारले दोस्रो आवधिक योजनालाइ पूर्णता दिन थालेको छ । जसमा दिगोविकास लक्ष्यले निर्धारण गरेका लक्ष्य, उदेश्य संग जोडेर योजनाको प्राथमिकिकरण गरिएको समेत जानकारी दिए ।

गरिबीको रेखामुनि रहेका नागरिकहरुको जीवनस्तर उठाउनेगरी कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकमा राखिएको छ । छलफलमा प्रदेशका प्रमुख सचिव महादेव पन्थ, प्रदेश सचिव इश्वराज पौडेल, प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर नहकुल केसी, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डाक्टर रामबहादुर राउत लगायतले भाग लिएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ११ : ५७ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको