८ पुस २०८१, सोमबार | December 24, 2024

पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल



दाङ । तलतिर कलकल बग्ने बबई नदी, सोहीमाथि झोलुङ्गे पुल । चारतिर हरियाली, नजिकै चिटिक्क परेको मोतिपुर गाउँ । यो दृश्य दाङको तुलसीपुर उपमहानगरपालिका-११ र दङ्गीशरण गाउँपालिका-२ सरुवाडाँडा जोड्ने झोलुङ्गे पुल क्षेत्रको हो । यस मनमोहक दृश्यले त्यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गर्छ । हाल सोही पुलको अवलोकनका लागि टाढाटाढाबाट मानिस आउने गर्छन् । यसपटक दसैँतिहारमा यहाँ अवलोकन गर्न आउनेको भीड नै लागेको स्थानीयको भनाइ छ ।

यसपटक दसैँतिहार मनाउन टाढाटाढाबाट आएकाहरूको प्रमुख गन्तव्य यही पुल बन्यो । त्यति मात्र नभइ सूर्य अस्ताउँदै गर्दा बबई नदीमा देखिने छाँया र पुलको आकर्षण थप बढाउने गरेको छ । त्यही दृश्य हेर्नका लागि मानिसहरू आउने र त्यसैमाथि तस्बिर खिचेर आनन्द लिने गरेको देखिन्थ्यो ।

पछिल्लो समय यस पुललाई ‘भाइरल’ पुलका रूपमा चिनाउने गरिन्छ । जहाँ स्थानीय मात्रै होइन सल्यान, रुकुमलगायत जिल्लाबाट समेत फोटो खिच्न तथा दृश्यावलोकन गर्न आउनेको सङ्ख्या बढ्दो छ । सल्यानकी शारदा केसीले सामाजिक सञ्जालका दृश्य तथा विभिन्न व्यक्तिले गरेको चर्चा सुनेर आफू पनि यहाँ आउन बाध्य भएको बताइन । “सामाजिक सञ्जालमा तस्बिर र भिडियो देख्यौँ, त्यही देखेर हामी यहाँ आएका हौँ”, केही दिनअघि यहाँ भेटिएकी उनले भनेकी थिइन, “यहाँ आउँदा राम्रो लाग्यो, अब यसलाई अन्य पर्यटकीय पूर्वाधारसहित पर्यटकीयस्थलका रूपमा विकास गर्न आवश्यक छ ।”

केसीले यहाँ अवलोकन गर्ने आउनेहरूको सहजताका लागि चमेना गृह, शौचालय, विश्रामस्थललगायत संरचना निर्माण गर्नसके स्थानीयहरू समेत लाभान्वित हुने बताइन ।

विसं २०७९ सालमा निर्माण भए पनि यसपटक पुल चर्चा धेरै भएको तुलसीपुर-११ का ५५ वर्षीया मोहनी लामिछाने बताउँछन । उनी भन्छन, “यसपटक लामो खडेरीमा गर्मी छल्नका लागि बजार आसपासका नागरिक यहाँ आएसँगै प्रचारप्रसार भयो । सामाजिक सञ्जालमा भाइरल भएपछि पछिल्लो समय पर्यटकीय क्षेत्रका रूमा विकास हुन थालेको छ, धेरैको रोजाइमा पर्न थालेको छ । वैशाख जेठमा त यहाँ दैनिक एक हजार पाँच सयभन्दा बढी पुल अवलोकनका लागि आउने गर्थे ।”

रु तीन करोडको लागतमा निर्माण भएको उक्त पुलको लम्बाई चार सय मिटर छ । पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । पुलले तुलसीपुर बजार जोडिनका लागि पनि सहज बनाएको स्थानीय करविर चौधरीले बताए । उनका अनुसार विगतमा बबई नदीमा जोखिम मोलेर वारपार गर्नुपथ्र्यो तर पुल बनेपछि सहज भएको छ । पछिल्लो समय स्थानीय नागरिकलाइर्ए जोड्ने मात्र नभइ टाढाका नागरिकको मनोरञ्जन स्थलका रूपमा समेत विकास हुन थालेको र अब यसलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न स्थानीय सरकारले पहल गर्नुपर्ने चौधरीको सुझाव छ ।

उपमहानगरपालिका-११का वडाध्यक्ष मानबहादुर रावतले यहाँ आवश्यक पूर्वाधार निर्माण गरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्न आफूहरूले पहल सुरु गरिसकेको बताए । त्यसका लागि वडावासीबाट धेरैपटक छलफल गरी सुझावका आधारमा गुरुयोजना बनाउने तयारी गरिएको उनले जानकारी दिए । “गत मङ्गलबार पनि स्थानीय तथा सरोकारवालाहरूसँग छलफल गरी आवश्यक राय सुझाव लिएका छौँ । बबई नदीमा रबरको ड्याम बनाई त्यसमा ढुङ्गा चलाउने योजनाबारे पनि कुरा उठेको छ । यस्तै नजिकै रहेको मोति सामुदायिक वनमा चिल्ड्रेन पार्क बनाउने, त्यहाँ भौतिक पूर्वाधार निर्माणलगातका योजनाबारे सरोकारवालासँग विभिन्न चरणमा छलफल भएका छन्”, वडाध्यक्ष रावतले भने, “यसका लागि तुलसीपुर उपमहानगरपालिका, लुम्बिनी प्रदेश सरकार र सङघीय सरकारसँग बजेटका माग गर्ने निर्णय भएको छ । सबैको सहयोग भएमा यसलाई पर्यकटीक हब बनाउन सकिन्छ ।”

यो झोलुङ्गे पुल तुलसीपुर बजारदेखि करिब १२ किलोमिटर दक्षिण पश्चिममा अवस्थित छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ७ : २७ बजे

फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा

ललितपुर । फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा पुगेको

निजामती कर्मचारी अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु

काठमाडौँ । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले परम्परागत चिनियाँ

स्वास्थ्यकर्मीहरूको मागको सम्बोधन गर्न अधिकारकर्मीहरुको आह्वान

नेपालगन्ज । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगञ्ज मेडिकल कलेजका

‘किसुनजीको बाटो अनुसरण गर्नुपर्ने’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सन्त नेता

बुटवलको औद्योगिक व्यापार मेलामा भाँगोको तेलमा दर्शकको आकर्षण

बुटवल । बुटवल मण्डपमा सञ्चालित औद्योगिक व्यापार मेलामा भाँगोको तेल