२ बैशाख २०८२, मंगलबार | April 15, 2025

नेप्से ओरालो लाग्दा सात अर्ब ८५ करोडको कारोबार



काठमाडौँ । अघिल्ला दिनका तुलनामा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । लगातार उकालो लागेको नेप्से परिसूचक आज भने ११ दशमलव २४ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४८ दशमलव ९६ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९३ अङ्कले ओरालो लागेर चार सय ८८ दशमलव ७८ मा सीमित भएको छ । कारोबार भएकाक १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । कूल एक करोड ६७ लाख ८६ हजार नौ सय ३४ कित्ता शेयर रु सात अर्ब ८५ करोड ९७ लाख ४० हजार सात सय ९८ मूल्यमा खरिदबिक्री भएको छ ।

नेप्सेका अनुसार गुराँस लघुवित्त, मेछ्याङ हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । वेस्ट फाइनान्स नौ दशमलव ९९, एनएलजी इन्स्योरेन्स कम्पनी नौ दशमलव ९९ र समृद्धि फाइनान्सका लगानीकर्ताले नौ दशमलव ६१ प्रतिशतले कमाएका छन् ।

गुडविल फाइनान्स नौ दशमलव ३६,आँखु खोला जलविद्युत् कम्पनी चार दशमलव ९१,माछापुच्छ्रे बैङ्क चार दशमलव ५९,अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी तीन दशमलव ७१ र हिमालय बैङ्कको बन्डका लगानीकर्ताले तीन दशमलव ४८ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ४ : ०१ बजे

सहकारी समस्याबारे राष्ट्रपतिको चासो

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो

China tells airlines to suspend Boeing jet deliveries

Beijing: China has told its airlines to stop taking deliveries

बोइङ जेटको डेलिभरी स्थगित गर्न एयरलाइन्सलाई चीनको आदेश

बेइजिङ । चीन र संयुक्त राज्य अमेरिकाबीचको व्यापार युद्ध गहिरो

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्री कार्यसमितिको बैठक बोलाएको छ । वैशाख

पर्यटकीय गन्तव्य बन्दै बन्दीपुर, एकै वर्ष दुई लाखले गरे भ्रमण

बन्दीपुर । विक्रम संवत् २०८१ मा दुई लाख पर्यटकले बन्दीपुर