२१ फाल्गुन २०८१, बुधबार | March 5, 2025

पर्यटन व्यवसायी वाग्लेको निधन



काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको निधन भएको छ । तत्कालीन नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) नेपालका महासचिवसमेत रहेका ५५ वर्षीय वाग्लेको आज साँझ ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको पर्यटन व्यवसायी पशुपति कँडेलले जानकारी दिए । अकस्मात कलेजोको समस्या देखिएपछि वाग्लेलाई कात्तिक १९ गते उक्त अस्पतालमा भर्ना गरिएको थियो ।

नेपाली कांग्रेस गोरखाका महाधिवेशन प्रतिनिधिसमेत रहेका वाग्लेले काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा होटल, ट्राभल, टुर्सलगायत व्यवसाय सञ्चालन गर्दै आएका थिए । उनले जलविद्युत्, बीमा, बैङ्कलगायतमा समेत लगानी गरेका थिए । वाग्लेको सोमबार बिहान पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने उनको परिवारिक श्रोतले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ९ : १६ बजे

रेगन, सरोज, वाङचु र सोम बुटवलमा जारी अल नेपाल ओपन स्नुकरको सेमिफाइनल खेल्दै

बुटवल । बुटवलमा जारी सर्वाधिक पुरस्कार राशीको अल नेपाल ओपन

सुनगाभा सैनामैना गोल्डकप : आज एपीएफ र अभिषेक चर्च रजहर भिड्दै

सैनामैनाम । रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल

प्रतिनिधिसभाको बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ पेस गरिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

आज अन्तरराष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस

काठमाडौं । अन्तरराष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस हातहतियारको होडबाजी

ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

काठमाडौं । ललिता निवासको जग्गा हिनामिनाका सन्दर्भमा विशेष अदालतले गरेको