२९ फाल्गुन २०८१, बिहिबार | March 13, 2025

कालीगण्डकी करिडोर : म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै



म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्र्तगत अन्नपूर्ण गाउँपालिका-३ को दाना खण्डमा कालोपत्र गर्न थालिएको छ ।

एघार मिटर फराकिलो सडकमा टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, घुम्ती, लेभल मिलाउने, सबबेस, बेस राखिएसँगै कालोपत्र गर्न थालिएको हो । नागढुङ्गा-कैकुखोला खण्डको १६ दशमलव पाँच किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न रु ६३ करोडमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताए ।

मुस्ताङको कैकुखोलादेखि घाँसा क्षेत्रमा गत वर्ष दुई किलोमिटर कालोपत्र भएको थियो । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे, घोप्टे र बादरजुङ भिरको पहाडमा एक किलोमिटर छ सय मिटर सडकलाई फराकिलो बनाएर ढलान गरिएको छ । हालसम्म आयोजनामा ९० प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए ।

पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाकालाई जोड्ने दुई सय दुई किलोमिटर लामो दुई लेनको सडक रु १० अर्बको लागतमा २०७३ सालदेखि कालोपत्र सुुरु भएको हो । हालसम्म यो आयोजनाको ८४ प्रतिशत भौतिक प्रगति भएको छ ।

एक सय पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकामा हालसम्म ९६ किलोमिटर कालोपत्र, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईँले बताए ।

चौबीसवटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १० वटा निर्माण सकिएको, पाँचवटा निर्माणाधीन, पाँचवटाको ठेक्का तोडिको र पाँचवटा पुल ठेक्का प्रक्रिया प्रारम्भ गर्न बाँकी रहेको जानकारी उनले दिए ।

निर्धारित समयमा काम सम्पन्न नभएपछि आयोजना अवधि आव २०८२/८३ सम्म लम्ब्याइएको छ । सडक र पुल निर्माणका लागि रु सात अर्बको ठेक्का सम्झौता भएकामा गत असारसम्म रु छ अर्ब खर्च भएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ७ : ५८ बजे

मौलिक फागु संरक्षणमा जुट्दै स्थानीयवासी

तानसेन । मजाको फागुन जानमा लाग्यो, धड्कन लाग्यो छाती हो

बसन्तपुरमा रौनक, विदेशीहरूले पनि मनाए होली, (फोटो फिचर)

काठमाडौं । फागुपूर्णिमाको अवसरमा आज नेपालको पहाडी क्षेत्रमा रंगको पर्व

स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय ९त्रिवि० केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

काठमाडौं । यहाँ आज बिहानैदेखि एक आपसमा रङ खेली फागु

बुटवल उद्योग वाणिज्य संघमा होली मिलन : सास्कृतिक एकता र सद्भावमा जोड

बुटवल । साँस्कृतिक विविधतामा एकताको खाँचो रहेको एक कार्यक्रमका सहभागीहरुले