१४ पुस २०८१, आइतबार | December 29, 2024

नौलो बहुउद्देश्यीय सहकारीको साधारणसभा



बुटवल । बुटवल-७ दीपनगरस्थित नौंलो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष माधवप्रसाद श्रेष्ठको अध्यक्षता तथा जेष्ठ शेयर सदस्य जीतकुमारी गौतमको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंक बुटवलका प्रमुख संगित धितालले सहकारीबाट लिएरको ऋण उद्यमशिलतामा लगानी गर्न आग्रह गरिन् ।

उद्देश्यभन्दा बाहिर गएर ऋण लगानी नगर्न आग्रह गर्दै धितालले सहकारी बलियो बन्न लगानी सही ठाउँमा हुनुपर्नेमा जोड दिइन । त्यस्तै रुपन्देही बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष भोजबहादुर बुढाथोकीले सहकारीबाट लिएर ऋण तिर्न पर्दैन भन्ने सोच अपराध हुने बताए । रुपन्देहीमा केही आयातित सहकारीमा समस्या देखिए पनि यहाँका सहकारी बलिया रहेको स्पष्ट पारे ।

सहकारीका अध्यक्ष माधव प्रसाद श्रेष्ठले नौलो सहकारी बलियो रहेको बताउँदै कुनै पनि समस्या नरहेको स्पष्ट पारे । सहकारीमा ६२३ जना शेयर सदस्य रहेका छन् । कार्यक्रममा महिलातर्फ जेष्ठ शेयर सदस्य जीत कुमारी गौतम, पुरुषतर्फ कृष्णप्रसाद अर्याल, त्यस्तै शिभिल इन्जिनियर शेयर सदस्य अमृत भण्डारी र शेयर सदस्यका परिवारकी छोरी सन्ध्या कंडेललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पुष्प सहकारीका उपाध्यक्ष युवराज अमगाई, जागरुक सहकारीका कोषाध्यक्ष मोति श्रेष्ठ, शिवनगर सामुदायिक वनका अध्यक्ष मनोज गौचन, सल्लाहकार सरदा पौडेल लेखा समितिका संंयोजक अनिल भण्डारी लगायतले बोलेका थिए । सहकारीका उपाध्यक्ष ललिता वंशी ठकुरीको स्वागत तथा सचिव सुधन अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ५ : ३६ बजे

झारपातले कुरूप बन्दै राराताल

मुगु । मुलुकको ठूलो र प्राकृतिक सौन्दर्यले भरिएको राराताल पछिल्लो

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ

दक्षिण कोरिया विमान दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १७९ जना, २ जनाको जीवितै उद्धार

काठमाडौं । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा मृत्यु

आर्थिक विकास लगानी बढाउने नेपाली डायस्पोराको प्रतिबद्धता

काठमाडौं । विश्वका विभिन्न देशमा रहेर हासिल गरेको ज्ञान र

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम प्रति सञ्चारमन्त्रीको गुनासो

पोखरा । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि