२८ मंसिर २०८२, आइतबार | December 14, 2025

बुटवल स्वास्थ्यको हब बन्दै छ : सभामुख घर्ति



बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिले बुटवल स्वास्थ्यको हब बन्दै गएको बताएका छन् । उनले शिक्षासंगै बुटवल अब स्वास्थ्यमा पनि पश्चिम नेपालको हब बन्दै गएको बताएका हुन् ।

बुटवलमा रहेको बुटवल हस्पिटल प्रा.लि.को स्थलगत अवलोकन गर्दै अब बुटवलबाट बिरामी अन्यत्र जान नपर्ने बताए । निजि क्षेत्रको लगानीमा बुटवल हस्पिटल प्रा.लि. सबै हिसाबले उपयुक्त बनेको भन्दै सरकारी अस्पताल निर्माण गर्दा पनि यसबाट सिक्नुपर्ने बताए ।

उनले बुटवल प्रा.लि.ले स्वास्थ्यमा एउटा ईट्टा थपेको बताए । बुटवलबाट रिफर भएर भारत तथा काठमाडौं जाने बिरामीहरुले धेरै दुखः र हैरानीका साथै ठगिएको गुनासो आउने गरेको उनको भनाई छ । सो अवसरमा पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले बुटवल हस्पिटल धेरै हिसाबले उपयुक्त बनेको भन्दै यसले अझै आफुलाई स्पेसल हुने गरि फोकस गर्नुपर्ने बताए ।

उनले बुटवल हस्पिटल प्रा.लि.आएपछि बिरामी हरहालतले उपचार पाउने विश्वास नागरिकमा बनाउनुपर्ने बताए । सो अवसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चुन्न प्रसाद पौडेलले सभामुख र पूर्वमन्त्रीलाई स्वागत गर्दै हस्पिटल बनेपनि यसको दिगो पनका लागि सबैको सहयोग आवस्यक पर्ने बताए । सो अवसरमा समितिका उपाध्यक्ष ललित प्रसाद खरेल, सचिव मोहन पाण्डे अस्पतालका निर्देशक डा कृष्ण खनाल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ४ : ४६ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर