२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

काठमाडौंमा गुञ्जिँदै ‘कन्दरा’



काठमाडौं । पछिल्लो समय नेपाली गीत सङ्गीतमा साङ्गीतिक समूहको सक्रियता बढ्न थालेको छ । ‘नेपथ्य’, ‘१९७४ एडी’ लगायतका साङ्गीतिक समूहले विश्व भ्रमण गरिसक्दा पोखरेली लोकपप रक साङ्गीतिक समूह ‘कन्दरा ब्याण्ड’ ले नेपालबाट भ्रमणको सुरुआत गर्दैछ ।

आफ्नो ३२ वर्षको साङ्गीतिक यात्रामा पहिलोपटक काठमाडौंमा गुञ्जिँदै ‘पहिले घरदेश, अनि परदेश’ अभियान सुरू गरिने ‘कन्दरा ब्याण्ड’ का गायक ९भोकलिस्ट० विवेक श्रेष्ठले जानकारी दिए ।

उनले भने, “हामीले सङ्गीत रुचाउने युवाको समूह स्थापना गरेर विश्वभर प्रस्तुति (कन्सर्ट) दिए तापनि काठमाडौंमा पहिलोपटक गुञ्जिँदै छौँ । हामीले यहाँ एउटा पनि कार्यक्रम गरेका थिएनौँ, हामी आफैँ अच्मित छौँ । त्यसकारण यो विश्व भ्रमणको सुरुआत काठमाडौंबाट गर्ने भएका छौँ, यो प्रस्तुति अविष्मरणीय बनाउन हामीले कुनै कसर बाँकी राख्ने छैनौँ ।”

कन्दराले कात्तिक शनिबार ठमेलस्थित एक क्लबमा आफ्नो साङ्गीतिक प्रस्तुति दिँदैछ । त्यसपश्चात् चितवन, बुटवल र नेपालगञ्जमा दिने तय भएको गायक श्रेष्ठले जानकारी दिए । नेपालपछि आउँदो वर्ष सन् २०२५ मा प्रस्तुतिका लागि विश्व भ्रमणमा निस्किने छ । यस समूहमा ‘ड्रम्स’मा सुनील थापा, ‘लिड गितार’मा देव लामा छन ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  १२ : ०९ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको