२८ मंसिर २०८२, आइतबार | December 14, 2025

सेफ्स एशोसिएशन अफ नेपालद्वारा ‘पैचो पसल’ सम्मानित



काठमाडौँ । पहाडी र उच्च पहाडी क्षेत्रमा मात्र उत्पादन हुने कृषि उपजलाई शहरसम्म पु-याइरहेको कम्पनी पैचो पसललाई सेफ्स एशोसिएशन अफ नेपालले सम्मान गरेको छ ।

सेफ्स एशोसिएशन अफ नेपालको २९ औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित ‘नेपाली मौलिक खानाको प्रदर्शन’ कार्यक्रममा पैचो पसल सम्मानित भएको हो ।

नेपाली उत्पादन तारे होटल ग्राहकलाई पु¥याएको र सेफ्स एशोसियशनसंग नजिक भएर लामो समयदेखि सहकार्य गरेको भन्दै सम्मान गरेको हो ।

१० वर्षदेखि गुल्मीका किसानसँग सहकार्य गरेर अगाडि बढेको पैचोका उत्पादनहरु प्रति सेफ्सहरु समेत सन्तुष्ट देखिएका छन् । सेफ्स एशोसियशन अफ नेपालका अध्यक्ष रेशमबहादुर लामाले पैचोले नेपाली स्वादका लागि पैचोको अग्रणी भूमिका निर्वाह गरेको बताए । उनले पैचोको उत्पादन प्रयोगले स्वदेशी उद्योगलाई समेत सहयोग पुग्ने बताए । नेपाली कम्पनीलाई स्वागत तथा सम्मान गर्न पाउदाँ खुसी व्यक्त गरे ।

‘बसेपनि शहर गाँउकै खाने रहर’ भन्ने अभियानका साथ गुल्मीको रुरुको बलेटक्सारमा पैचोको प्रसोधन केन्द्र रहेको छ । पैचो पसलले नेपाली तारे होटलदेखि रेष्टुरेन्टको लागि आवश्यक कृषि उपजबाट बन्ने केचप, जामदेखि विभिन्न स्वादका अचार, गुन्द्रक, कोदोको पिठो लगायतका उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ७ : ४९ बजे

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५