९ बैशाख २०८२, मंगलबार | April 23, 2025

छठ व्रत र सझियाघाट आज



महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज छठ पर्वको रौनक छ । आज छठको तेश्रो अर्थात् मुख्य दिन बर्तालुु निराहर रहन्छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सक्खरको खीर प्रसादस्वरुप खाएपछि बर्तालुको निराहार व्रत प्रारम्भ हुन्छ ।

आज साँझ नै बर्तालुले पवित्र जलाशयमा सजाइएको घाटमा विविध परिकार राखिएका डालीहरु हातमा उठाएर अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ ।

श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँनगर बस्ती अहिले दुलही झैं सिँगारिएका छन् । खासगरी जलाशयमा बनाइएका घाटहरु मनमोहक छन् । बर्तालुले भोली शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि छठ विधिवत् रुपमा समापन हुनेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ८ : १० बजे

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका

लुम्बिनी कप महिला फुटबल : नेपाल पुलिस क्लब लुम्बिनी कप महिला फुटबलको फाइनलमा

नेपालगन्ज । विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय

आफना ७२ घन्टामा माग पुरा नभए कलम बन्द गर्ने निजामती कर्मचारीको चेतावनी

काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले आफ्ना माग पूरा गर्न

कक्षा १२ को परीक्षा बैशाख २१ गते

काठमाडौं । वैशाख ११ का लागि तय भएको कक्षा १२

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री केपी शर्मा