५ चैत्र २०८१, मंगलबार | March 18, 2025

नेपाल संवतको पहिलो दिन तिलोत्तमामा मोटरसाइकल र्याली



बुटवल । नेपाल सम्वत ११४५ को उपलक्ष्यमा रुपन्देहीको तिलोत्तमामा भिन्तुना र्याली निकालिएको छ । नेवाः दय दबु तिलोत्तमा नगर समितिको आयोजनामा न्हू दयाः भिन्तुना र्याली निकालिएको हो ।

तिलोत्तमानगरपालिकास्थित ४ नम्बर समितिको कार्यालय परिसरबाट शुभारम्भ भएको र्याली मणिग्राम चोक, १० नम्बर चोक, योगिकुटी हुदै पुनः कार्यालय परिसरमा पुगेर समापन भएको थियो ।

भिन्तुना कार्यक्रमको एक समारोहका बीच पूर्व प्रमुख जिल्ला अधिकारी शेखर प्रधानले शंखध्वर साख्वाको तस्विरमा टीका र माल्यार्पण गरि शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै उनले भाषा, संस्कृतिको संरक्षणमा नेवा समुदायको अभियान महत्वपुर्ण भएको भन्दै यसमा सरकारबाट पर्याप्त सहयोग जरुरी रहने बताए ।

कार्यक्रममा बोल्दै नेवाः दयदबुका तिलोत्तमा नगर अध्यक्ष विष्णु बहादुर श्रेष्ठले संस्कृतिमा नेवार समुदाय धनि जाती भएको भन्दै नया पुस्तालाई भाषा र संस्कृति सिकाउने गरि आगामी दिनमा कार्यक्रम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा तिलोत्तमा नगरका विभिन्न खलपुचका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको समितिका सचिव तथा कार्यक्रम संयोजक दिपेश कुमार अमात्यले बताए ।

कार्यक्रमका सह संयोजक दिनेश कक्षपतिले तिलोत्तमा नगरमा नेवाः समुदायबाट पहिलो पटक सचेतनामुलक मोटरसाईकल र्याली निकालिएको बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  १० : २० बजे

आठ महिनामा बीस गैँडा मरे

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा

मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द

खोटाङ । यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने

करिब बीस करोड रकमसहित काठमाडौंमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको

दाङमा मकै उत्पादन बढ्यो

दाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको

स्ववियु निर्वाचन : बाँकेका ३ क्याम्पसमा मतदान सुरु, जनसिद्देश्वरमा स्थगित

नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज सहित बाँकेका तीन वटा