१५ कार्तिक २०८१, बिहिबार | October 31, 2024

स्नान, दीपदान गरेर मनाइयो नरक चतुर्दशी



काठमाडौँ । नरक चतुर्दशी पनि भनिने कार्तिक कृष्ण चतुर्दशीका दिन आज बिहान स्नान, दानका साथ दीपदान गरी मनाइएको छ ।

सूर्योदय अगावै स्नान गरेर सालको पातमा यमदीप दक्षिण दिशामा फर्काएर बगाइएको छ । यसलाई नरक स्नान गर्ने र नरक बगाउने पनि भनिन्छ । आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रका जानकार रामचन्द्र गौतमले जानकारी दिए। यसैकारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।

आजै कुकुरको पनि पूजा गरिँदै छ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज अपराह्न ३ बजेर १३ मिनेटसम्म चतुर्दशी तिथि र त्यसपछि औँसी सुरु हुनेछ । लक्ष्मीपूजा औँसीमा गर्नुपर्छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  १० : १८ बजे

कात्तिक कृष्ण चतुर्दशीः कुकुर तिहार मनाइयो

काठमाडौं । यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने

नगरवासीलाई सहुलियत शुल्कमा फूल

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले फूल उत्पादन गरी नगरवासीलाई सहुलियत

नेपाली राष्ट्रिय टोलीकी ‘फरवार्ड’ सावित्रा फ्रान्स प्रस्थान

काठमाडौँ  । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल

नेपाल प्रहरीका दुई डिआइजीको एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई प्रहरी

महाकवि लक्ष्मीप्रसाद देवकोटा संघर्षका लागि प्रेरणाको स्रोत हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा संघर्षका