१५ कार्तिक २०८१, बिहिबार | October 31, 2024

देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास



म्याग्दी । जिल्लाको पश्चिमी भागमा अवस्थित मङ्गला शिक्षा क्याम्पसले अक्षय कोष स्थापना गरी ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई गाउँमा नै उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले देउसी खेलेर अर्थ सङ्कलनको प्रयास गरेको छ ।

मङ्गला गाउँपालिकाको बाबियाचौर लाम्पाटामा सञ्चालित क्याम्पसमा कोष खडा गर्न बुधबार भएको देउसीभैलो कार्यक्रममा रु दुईलाख ७५ हजार सङ्कलन भएको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताए । देउसीमा जिल्ला समन्वय समितिका उपप्रमुख डिलकुमारी खत्रीले पनिसाथ दिएकी थिइन ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले क्याम्पसको नियमित आयस्रोत नहुँदा अध्यापकलाई तलबको व्यवस्था गर्न पनि समस्या परेका बेला कोषवृद्धिका निम्ति देउसीभैलो कार्यक्रम गरी समस्या समाधानको प्रयास हुनु सराहनीय भएको बताए । पालिकाका तर्फबाट क्याम्पसलाई सक्दो सहयोग हुने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ७ : ५९ बजे

देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास

म्याग्दी । जिल्लाको पश्चिमी भागमा अवस्थित मङ्गला शिक्षा क्याम्पसले अक्षय

अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको

पर्यटकीय यामसँगै पर्यटकको चहलपहल बढ्दो

काठमाडौं । सर्वोच्च शिखर सगरमाथामा अघिल्लो असोज महिनामा करिब नौ

अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

म्याग्दी । राहुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको

धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीपूजा आज मनाइँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य,