८ बैशाख २०८२, सोमबार | April 21, 2025

चाडवाडका लागि भित्रियो ३२ करोडको नरिवल



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा चाडवाड लक्षित गरी रु ३२ करोड नौ लाखको नरिवल भित्रिएको छ । आर्थिक वर्ष २०८१र८२ को साउनदेखि असोजसम्म दसैँतिहार र छठ लक्षित गरी ६० लाख ६३ हजार पाँच सय ९५ केजी नरिवल आयात भएको हो ।

भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले दिएको तथ्याङ्कअनुसार पछिल्लो तीन महिनामा करिब रु एक अर्ब बढीको ‘ड्राई फ्रुटस्’ भित्रिएको छ । भारत र चीनलगायत देशबाट नरिवलसँगै, काजु, बदाम, अलमण्ड, पिस्ता, सुपारी, खजुर, छोकडा, अन्जिर र किसमिस पनि भित्रिएको उनले बताए ।

विभागका तथ्याङ्कअनुसार रु २६ करोड दुई लाखको दुई लाख ९८ हजार नौ सय ४६ केजी काजु, रु १८ करोड ६० लाखको दुई लाख ३२ हजार छ सय ९३ केजी बदाम र अलमण्ड आयत भएको छ । रु २० करोड ९८ लाखको छ लाख सात हजार दुई सय २५ केजी ओखर आयात भएको छ ।

यस्तै, पिस्ता १२ हजार सात सय ७७ केजी रु रु एक करोड ४५ लाखमा, रु २१ करोड ६२ लाखमा १७ लाख १४ हजार चार सय १९ केजी सुपारी,रु एक करोड ३० लाखमा एक लाख २४ हजार एक सय ७७ केजी खजुर र छोकडा आयात भएको छ । ४१ हजार पाँच सय ५० केजी अंजिर रु दुई करोड ६५ लाख, तीन लाख २४ हजार छ सय ७५ केजी किसमिस रु १० करोड ६२ लाखमा आयात गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस्तै, रु चार करोड ७४ लाख मूल्यमा दिपावलीमा प्रयोग गरिने विभिन्न किसिमका बत्ती आयात भएका छन् ।

विभागका अनुसार यसवर्ष अघिल्लो वर्षको तुलनामा बदाम, अलमण्ड र ओखरको आयात कम भएको छ । तुलनात्मकरुपमा बदाम र अलमण्डको आयात सात प्रतिशतले कम छ । यस्तै ओखर ४४ दशमलव ६ प्रतिशतले कम आयात भएको छ ।

अघिल्लो वर्षको तुलनामा यसवर्ष बत्तीको आयात ५८ प्रतिशतले कम भएको तथ्याङ्कले देखाउछ । अघिल्लो वर्ष तीन महिनामा सात लाख ७८ हजार पाँच सय ८२ थान बत्ती रु नौ करोड ८४ लाख मूल्यमा आयात भएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ८ : ३७ बजे

प्रधानमन्त्री ओली र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच भेट, प्रदेशको विकासबारे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री

संरक्षणको पर्खाइमा मुस्ताङको सेकुङ ताल

मुस्ताङ । यहाँको थासाङ गाउँपालिका-२ स्थित सेकुङ ताल संरक्षणको पर्खाइमा

ताप्लेजुङ बलेरो आगलागी : निधन भएका र घाइतेको पहिचान

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको

कालीकोटमा ट्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

काठमाडौं । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको

पाथीभरा दर्शनका लागि जाँदै गरेको जिपमा आगलागी, चारजनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका-१० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा