५ चैत्र २०८१, मंगलबार | March 18, 2025

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवानले गरे हिरासत भित्रै आत्महत्या



दाङ । दाङको भालुवाङमा बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका एकजना शसस्त्र प्रहरी जवानले प्रहरी हिरासतमा आत्माहत्या गरेका छन् । सशस्त्र प्रहरीले बलत्कार आरोपमा अनुसनधान गर्न नेपाल प्रहरीलाई बुझाएको २ जवान मध्य रेवन पचभैयामगरले प्रहरीको हिरासत कक्ष मै आत्माहत्या गरेका हुन् ।

गत असोज २४ गते दाङको भालुवाङमा बालिका बलात्कार आरोप लागेका सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोकामगर र सशस्त्र प्रहरी जवान पचभैयालाई सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई बुझाएको थियो । मगरले आज बिहान वडा प्रहरी कार्यालय घोराहीको हिरासत कक्षको शौचालयमा आत्महत्या गरेको दाङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सीनाले बताए ।

प्यूठानको बडडाँडा घर रहेका सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेटक्वाटर भालुवाङमा कार्यरत थिए । उनले प्रहरी हिरासत कक्षको शौचालयमा आफूले लगाएको गन्जी र टिसर्टको पासो लगाएर झुन्डिएर आत्माहत्या गरेको एसपी तिमिल्सीनाले बताए ।

उनले आज बिहान करिब ५ बजे झुण्डिएको अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । आरोपित पचभैया सहित सहायक हवल्दार रोकामगरलाई प्रहरीले पक्राउ गरी दाङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो ।

पक्राउ परेकाहरुमाथि दाङ-देउखुरीको राप्ती गाउँपालिका-१, भालुवाङ पुल्चोकमा रहेको सशस्त्र प्रहरी वल ज्वालामाई गण २९ नम्बर हेटक्वाटरको कार्यालय बाहिर दशैँ पिङ खेल्न गएको बेला दुई बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । उनीहरुले प्रहरी समक्ष बलातकारको घटना सकारेको एसपी तिमिल्सीनाले बताए ।

स्थानीयको आरोपपछि पनि पक्राउ नगरिएको भन्दै लगातार धर्ना र विरोधका कार्यक्रम गरिएपछि अन्ततः सशस्त्र प्रहरीले दुबैजनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ९ : ३९ बजे

आठ महिनामा बीस गैँडा मरे

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा

मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द

खोटाङ । यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने

करिब बीस करोड रकमसहित काठमाडौंमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको

दाङमा मकै उत्पादन बढ्यो

दाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको

स्ववियु निर्वाचन : बाँकेका ३ क्याम्पसमा मतदान सुरु, जनसिद्देश्वरमा स्थगित

नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज सहित बाँकेका तीन वटा