१० कार्तिक २०८१, शनिबार | October 26, 2024

आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्छ : शेखर कोइराला



काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३२ ले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले आगामी निर्वाचनमा सबै दलले एक्लै प्रतिस्पर्धा गर्ने घोषणा गरेकाले आफ्नो पार्टी पनि कुनै दलसँग तालमेल नगरी चुनावमा जान सक्षम रहेको बताए । निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न आजैदेखि तयारी गर्नुपर्नेमा उनले जोड दिए ।

उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन हुने बताउँदै राजनीतिक स्थायित्वका निम्ति दुई दलीय सरकार बनेको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीलाई एकताबद्ध नबनाएसम्म एक्लै निर्वाचनमा स्पर्धा गर्न कठिन हुने विचार व्यक्त गरे । विगतका निर्वाचनबाट पार्टीले पाठक सिक्नुपर्नेमा पनि उनले जोड दिए ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ५ : १६ बजे

एकीकृत समाजवादीका सबै प्रदेश सम्मेलन मङ्सिर मसान्तसम्म सम्पन्न गर्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर मसान्तसम्म

एकीकृत समाजवादीका सबै प्रदेश सम्मेलन मङ्सिर मसान्तसम्म सम्पन्न गर्न निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी मङ्सिर

लोकतन्त्रको सुदृढीकरण र संविधान संरक्षणमा समान धारणा हुनुपर्छ : संयोजक डा भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोेजक डा

आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्छ : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचन

‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली जहाँ पुग्छन्, त्यहाँ