१० कार्तिक २०८१, शनिबार | October 26, 2024

काठमाडौंको नयाँबसपार्क क्षेत्रबाट अवैध पटाका बरामद



काठमाडौं । प्रहरीले काठमाडौंको नयाँबसपार्क क्षेत्रबाट पटाका बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-२६ अवैधरुपमा पटाका लुकाइछिपाइ ओसारपसार गरेको अवस्थामा बरामद गरेको हो ।

अवैधरुपमा पटकाजन्य वस्तु लुकाइछिपाइ ओसारपसार गरिरहेको अवस्थामा दुईवटा बोरा चेकजाँच तथा खानतलासी गर्दा काठमाडौं महानगरपालिका-२९ पुतलीसडक बस्ने २५ वर्षीय न्यूजल कसालाई पटाकासहित शुक्रबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ कसासँग पेन्टा कलेक्सन चार प्याकेट, फ्लोर सर्ट दुई प्याकेट, फ्लाइङ सर्ट तीन प्याकेट, १२ सुट पाँच प्याकेट, ३० सुट सात प्याकेट, ६० सुट दुई प्याकेट, सात कलर सुट आठ प्याकेट, कक्टेल बार दुई प्याकेट बरामद गरेको छ ।

पक्राउ व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको नयाँबसपार्क प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ११ : ३१ बजे

डोटीमा किबीखेती विस्तार गरिँदै

डोटी । जिल्लास्थित कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल

जनताको समस्याप्रति सरकार गम्भीर छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताका समस्या

ड्रोनबाट सामान ढुवानी

म्याग्दी । अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल मोहरेडाँडामा पाँचकिलोभन्दा कम तौलका दैनिक

काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस सुरु (फोटो फिचरसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा आयोजना गरेको खबरदारी

काठमाडौंको नयाँबसपार्क क्षेत्रबाट अवैध पटाका बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको नयाँबसपार्क क्षेत्रबाट पटाका बरामद गरेको छ