१० कार्तिक २०८१, शनिबार | October 26, 2024

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय बालाजुमा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीति, पार्टी सभापति रवि लामिछाने पक्राउपछिको परिस्थिति, जारी आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ ।

सहकारी ठगी तथा सङ्गठित अपराधको आरोपमा यही कात्तिक २ गते पार्टी सभापति लामिछाने काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सोही राति पोखरा लगिएको थियो । कास्की जिल्ल अदालतले पहिलो पटक अनुसन्धानका लागि दिएको ६ दिनको समय सकिएपछि बिहीबार फेरि ७ दिनको समय थप भएको छ ।

६ दिनसम्म पोखरामा प्रदर्शन गरेको रास्वपाले हिजोबाट काठमाडौं केन्द्रीत आन्दोलन थालेको छ । रास्वपाले हिजो काठमाडौंमा भएको प्रदर्शनको समेत आजको केन्द्रीय समिति बैठकमा समीक्षा गर्नेछ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  १० : २० बजे

डोटीमा किबीखेती विस्तार गरिँदै

डोटी । जिल्लास्थित कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल

जनताको समस्याप्रति सरकार गम्भीर छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताका समस्या

ड्रोनबाट सामान ढुवानी

म्याग्दी । अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल मोहरेडाँडामा पाँचकिलोभन्दा कम तौलका दैनिक

काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस सुरु (फोटो फिचरसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा आयोजना गरेको खबरदारी

काठमाडौंको नयाँबसपार्क क्षेत्रबाट अवैध पटाका बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको नयाँबसपार्क क्षेत्रबाट पटाका बरामद गरेको छ