१० कार्तिक २०८१, शनिबार | October 26, 2024

तुलसीपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, पाँचजना घाइते



दाङ । सल्यानको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ज ८२२ नम्बरको जिप तुलसीपुर-३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दङ्गीशरण गाउँपालिका-४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका-६ का १९ वर्षीय सुरेश खड्का रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनका अनुसार जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । जिपमा पाँच जना सवार थिए । जिपमा सवार अन्य तीन जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ८ : ४२ बजे

काठमाडौंको नयाँबसपार्क क्षेत्रबाट अवैध पटाका बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको नयाँबसपार्क क्षेत्रबाट पटाका बरामद गरेको छ

तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’ निर्माण

जुम्ला । यहाँको तिला गाउँपालिका-१ स्थित रारामा तिला नदीमाथि मोटरेबल

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक

दीपावली र छठ पर्वका लागि घर लिपपोत गरिँदै

महोत्तरी । दीपावली र छठ पर्वअघि मधेसमा घर रङरोगन गर्ने

कोप-२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै

काठमाडौं । आज वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘राष्ट्रिय जलवायु