९ कार्तिक २०८१, शुक्रबार | October 25, 2024

मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु



म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै स्थानमा आज एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ । थासाङ गाउँपालिका-२ थाङसारमा अमेरिकी नागरिक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मुक्तिनाथमा भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले थाङसारको होलिडे क्याम्प होटलको शयन कक्षमा अचेत अवस्थामा भेटिएका अमेरिकाका ६३ वर्षीय मिलो गोलसेगरलाई जोमसोम अस्पताल पु(याउँदा चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए ।

मुक्तिनाथ मन्दिर दर्शन गरी फर्कने क्रममा अचानक बेहोस भई लडेकी भारतको महाराष्ट्र मुम्बई अँधेरी वेष्ट वर्सोवा पिनकी ६९ वर्षीया शारदा महादेव लगडेलाई पनि जोमसोम अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ बोगटीले बताए ।

मृतक दुवैको शव परीक्षणका लागि जोमसोम अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोलसेर गिजरमा पानी तताएर नुहाउने क्रममा निस्सासिएर र लगडे लेक लागेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ५ : ३१ बजे

लुम्बिनी सरकारको अभियान : यो बर्ष ‘घुम्न जाउँ बर्दिया’

दाङ । लुम्बिनी प्रदेशको पर्यटन प्रवर्धनका लागि प्रदेश सरकारले यसबर्ष

काठमाडौँमा एनआरएनएको ‘ग्लोबल’ सम्मेलन हुँदै

काठमाडौं । ‘रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता’

बाल खेलाडी पुरिएर मृत्यु भएको घटना छानबिनका लागि पहल गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

नेकपा एमाले बुटवल उपमहानगर कमिटीको अध्यक्षमा पोखरेल

बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीको दोस्रो अधिवेशन नयाँ

कालीगण्डकी जलाशययुक्त आयोजनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

बागलुङ । प्रस्तावित कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको प्रारम्भिक अध्ययन प्रतिवेदन