१० बैशाख २०८२, बुधबार | April 23, 2025

संसदीय दलहरू असफल र बदनाम हुदै जाँदा जनतामा निराशा : विप्लव



दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सीले अस्थायी र अस्थिर रङ्गमञ्चको राजनीतिले मुलुक नफेरिने बताएका छन् । नेपाली राजनीति अस्थिरता तर्फ धकेल्न अन्तर्राष्ट्रिय प्रयास बढ्दै गएको बताउदै विप्लवले त्यसको सशक्त प्रतिवाद जरुरी रहेको बताए ।

नेकपा दाङले देउखुरीमा आयोजना गरेको सर्वपक्षीय अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दैन महासचिव विप्लवले दलहरूले जनताको भावना समेट्न नसक्दा मुलुक अस्थिरता तर्फ धकेल्न खतरा बढेको बताए । संसदीय दलहरू असफल र बदनाम हुदै जादा जनतामा निराशा बढेको बताउदै विप्लवले यसको समाधान समाजवादी व्यवस्थाबाट मात्रै हुने दाबी गरे ।

विप्लवले राज्य संयन्त्रको नेतृत्व नै भ्रष्टाचारको केन्द्र भएको बताए । राज्य संयन्त्रको भुमिकामा रहेकाहरु दिनप्रतिदिन भ्रष्टाचार र अनियमिततामा संलग्न हुदै गएको समेत उनले बताए ।

लोकतान्त्रिक गणतन्त्रले केही उपलब्धि दिएपनि त्यसलाई संस्थागत गर्न संसदीय दलहरू असफल भएको बताउदै उनले उल्टो उपलब्धि उल्टाउने प्रयास गरिएको दाबी गरे ।

उनले क्रान्तिकारी र समाजवादी आन्दोलनले मात्रै राष्ट्रिय समस्या समाधान दिने भन्दै अस्थिर र अस्थायी रङ्गमञ्चले मुलुकले निकास नपाउनेमा विश्वस्त हुन अपिल गरे ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ३ : ५४ बजे

आईपीएल : लखनउलाई दिल्लीले आठ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रियिमयर लिग (आईपीएल)मा दिल्ली क्यापिटलले लखनउ सुपर

आजको मौसम : कोशी र गण्डकी प्रदेशका केहि क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । आज देशमा स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव

बाँकेमा जग्गाधनी प्रमाणपूर्जा वितरणको तयारी

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन

आजको मौसमः कोशी र गण्डकी प्रदेशकाे पहाडी भु-भागमा पानी पर्ने

काठमाडौं । हाल देशमा मूख्यतया स्थानीय वायू तथा पश्चिमी वायूको

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका