१ चैत्र २०८१, शुक्रबार | March 14, 2025

भुटान गृहमन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिसँग भेटघाट तथा छलफल



लुम्बिनी । लुम्बिनी विकास कोषले छिमेकी राष्ट्र भुटानको गृह मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डलसँग बुधबार भेटघाट तथा कार्यालयमा स्वागत गरेको छ । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिव सानुराजा शाक्यले भुटानका गृहमन्त्रालयका सचिव सोनाम वाङगेल सहितको टोलीलाई कार्यालयमा स्वागत गरेका हुन् ।

कोषाध्यक्ष भट्टराईले स्वागत गर्दै छिमेकी देश भुटानसँग नेपालको बर्षोदेखिको पूरानो सम्बन्ध रहेको बताउँदै बुद्धजन्मस्थल लुम्बिनीमा भुटान सरकारसँग सहकार्यको वातावरण बनाउन आग्रह गरे । उक्त अवसरमा सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीमा भुटान सरकारले गुम्बा निर्माणका सन्दर्भमा सहकार्य गर्न चासो राखेकोमा खुशि व्यक्त गरे ।

भेटघाटमा भुटानका गृहसचिव सोनामले लुम्बिनीमा गुम्बा बनाउने सन्दर्भमा चासो राख्दै बुद्धजन्मस्थल लुम्बिनीको प्रवद्र्धनमा सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । भेटघाटमा कोषका योजना प्रमुख स्मिता भट्ट, बरिष्ठ निर्देशक ज्ञानिन राई, बोर्ड सदस्य श्याम रोक्काको उपस्थिती थियो ।

गृहसचिवको प्रतिनिधिमण्डलले लुम्बिनी स्थित मायादेवी मन्दिर र कपिलबस्तुको तिलौराकोट दरबार क्षेत्रको समेत भ्रमण गरेको कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए ।

प्रतिनिधिमण्डलले संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री, सचिव लगायतका अधिकारीहरुसँग पनि छलफल गर्ने बताइएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ११ : ०६ बजे

एकीकृत समाजवादीको कार्यालयमा समाजवादी मोर्चाको बैठक

काठमाडौं । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । नेकपा एसको

साहित्यकार क्षेत्रीको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

चर्चित बसाईं उपन्यासका लेखक साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको

चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत हङकङविरुद्ध

पीएम कप : आज बागमती र सुदूरपश्चिम, सशस्त्र र नेपाल पुलिस भिड्दै

काठमाडौं । प्रधानमन्त्री (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा