११ कार्तिक २०८१, आइतबार | October 27, 2024

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ



बुटवल । लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गरेका छन । बिहिवार बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गरेका हुन ।

बर्दियाका जन्मजय तिमिल्सीनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिएका छन । शपथ लिएका मध्य तिमिल्सीना र कलवार नेपाली कांग्रेस र अग्रवाल जनता समाजवादी पार्टीबाट हुन ।

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक जनागरी मन्त्रीको संख्या ११ पुगेको छ ।

प्रदेशमा १२ मन्त्रालय छन । युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । यो मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री स्वयंमले समहालेका छन ।

मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार प्रदेश मन्त्रिपरिषद् पुर्नगठनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । सोही आधारमा नव नियुक्त मन्त्रीको शपथ गरिएको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा लुम्बिनीमा सरकार बनेको थियो । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सत्ता साझेदार दल नेपाली कांग्रेस दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रतिपक्ष दलका नेकपा माओवादीका दल नेता तथा पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती लगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ८ : ५९ बजे

गैरआवासीय नेपाली दिवसः एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार

सुनको मूल्य तोलामा एक हजार चार सयले बढ्यो

काठमाडौंं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ

थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित

बागमती । स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा

बाँकेमा प्रस्ताव गरिएको धार्मिक पर्यटन मार्ग वर्षौंदेखि अलपत्र

नेपालगन्ज । धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु भएको धार्मिक पर्यटनमार्ग

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल

ललितपुर । शुक्रबारदेखि ललितपुरमा सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेललमा मानव