२० चैत्र २०८१, बुधबार | April 2, 2025

बर्दियाको ठाकुरबाबामा युवा लक्षित ‘फोहोरलाई मोहर’ बनाउने तालिम सुरु



बर्दिया । बर्दियाको ठाकुरबाबामा ‘हरित अर्थव्यवस्था परियोजना’ अन्तर्गत फोहोर व्यवस्थापन सम्बन्धी ३ दिने तालिम सुरु भएको छ । ‘फोहोरलाई मोहर’ भन्ने नाराका साथ फोहोर व्यवस्थापन मार्फत रोजगारी सिर्जना गर्ने उद्देश्य सहित तालिम सुरु भएको हो।

बाँके युनेस्को क्लव र प्लान इन्टरनेशनलको समन्वयमा आजबाट सुरु भएको तालिममा १८-२४ वर्ष उमेर समूहका २५ जना सहभागी छन् । उनीहरुलाई तरकारी खेती र स्थानीय कुखुरा पालन सम्बन्धी ज्ञान प्रदान गरिने बताइएको छ।

तालिमको आज एक कार्यक्रमकाबीच प्रतिनिधिसभा सदस्य जवेद खातुनले उदघाटन गरिन् । तालिमको उदघाटन गर्दै उनले वातावरण संरक्षण र युवा महिलाहरूको लागि रोजगार सिर्जना गर्ने यो परियोजनाको उल्लेखनीय प्रयासको प्रशंसा गरिन् ।

तालिममा सबैभन्दा कमजोर समुदायको हिस्सा सहभागी भएको उल्लेख गर्दै उनले तालिमले वातावरणीय संरक्षण प्रवर्द्धन गर्ने हरित व्यापारमा आधारित आयआर्जन गतिविधिहरूमा सहभागी गराई आर्थिक रूपमा आत्मनिर्भर बन्न र सुरक्षित तथा सम्मानजनक जीवनयापन गर्न सक्षम हुने विश्वास ब्यक्त गरिन् ।

बाँके युनेस्को क्लवका अध्यक्ष रवि तुलाधरको अध्यक्षतामा भएको उद्घाटन समारोहको प्राविधिक सल्लाहकार सजिद अली सिद्दिकी, कार्यक्रम अधिकृत श्री राधे कृष्ण र फिल्ड सुपरभाइजर कञ्चन दहितको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार तालिममा रुबिना थापालियाले तालिम प्राविधिक ज्ञान प्रदान गर्ने छिन्। उनले फोहोर व्यवस्थापनका विभिन्न विधिहरू र फोहोरबाट हानिकारक रसायनमुक्त जैविक मल उत्पादन गर्ने तरिकाहरूमा पनि प्रशिक्षण दिनेछिन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ८ : ०२ बजे

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावातबीच भेटवार्ता

बैङकक, २० चैत स् थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी

रेडियो नेपाल आवाजविहीनहरूको आवाज बन्नुपर्छ : राष्ट्रपति

काठमाडौ्र । राष्ट्रपति रामचन्द्र पौडेलले यसै वर्ष सार्वजनिक सेवा प्रसारण

सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा

प्रेस सेन्टर नेपाल : लोकतान्त्रिक अभ्यास, नयाँ नेतृत्व र आगामी कार्यदिशा

प्रेस सेन्टर नेपालको पाँचौं महाधिवेशन २०८१ चैत्र १६ र १७

अन्तरिक्षमा कहाँबाट आउँछन् अनौठो रेडियो सिग्नल, वैज्ञानिकले पत्ता लगाए रहस्य

काठमाडौं। अन्तरिक्षबाट आउने रहस्यमय रेडियो सिग्नलहरूले सधैं वैज्ञानिक र आम