७ कार्तिक २०८१, बुधबार | October 23, 2024

वैकुण्ठधाम निर्माणार्थ नेपालगन्जमा हुने आध्यात्मिक महोत्सवको तयारी तिब्र



नेपालगन्ज । वैकुण्ठधाम निर्माणार्थ नेपालगन्जमा संचालन हुने आध्यात्मिक महोत्सवको तयारीलाई तिब्र पारिएको छ । यहि कार्तिक २२ देखि ३० गते सम्म नेपालगन्जजको रामलीला मैदानमा हुने महोत्सवको अन्तिम तयारीलाई तिब्र पारिएको आयोजक वैकुण्ठधाम सिधनियाघाटले जनाएको छ ।

महोत्सव गर्नुको मुख्य उद्देश्यहरु सुनाउँदै मुल समितिका संयोजक डा. सुरेशकुमार कनोडियाले महोत्सवको मुख्य उद्देश्य ‘बैकुण्ठघाम, सिधनियाघाट’ निर्माणार्थ सहयोग संकलन गर्ने तथा वैकुण्ठधाम, सिधनियाघाट निर्माणार्थ सहयोगको निमित्त बाँके र आसपासका जिल्ला तथा पालिकाहरूसँग समन्वय गरी महोत्सवलाई प्रभावकारी तथा उपलब्धिमूलक बनाउनु रहेको उल्लेख गरे ।

उनका अनुसार राजनैतिक दल, दलको नेतृत्व, सरकारी तथा गैर सरकारी निकाय, नागरिक समाज, वात्ता र निर्माण पक्षबीच समन्वय गरि घाट निर्माणमा आइपर्ने विविध समस्या महोत्सवको माध्यमबाट समाधानमा सहजीकरण गर्दै वैकुण्ठधाम, सिधनियाघाटलाई एक सुव्यवस्थित र सुविधायुक्त घाट तथा विद्युतीय शवदाहगृह, मन्दिर, पितृको मृत्युकर्म, सोह्र श्राद्धकर्म, पितृ मोक्षका कर्मकाण्ड सम्पन्न गर्ने आध्यात्मिक स्थल निर्माण गर्ने र अन्य पर्यटकीय महत्वका संरचनाका साथसाथै ध्यान तथा योग केन्द्रसमेत विकास गरि आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन गर्नु महोत्सवको लक्ष्य रहेको छ ।

समुदायको अग्रसरतामा, आवश्यकता पहिचान, स्थानीय स्रोतको परिचालन गरि एक सामुदायिक सम्पदास्थलको निर्माण गर्न राज्यलाई सहजीकरण गर्ने र त्यसलाई कार्यान्वयन गर्ने नीतिका साथ महोत्सवको आयोजना गरिन लागिएको डा. कनोडियाले बताए ।

सोही अनुरुप हालको लागि आवश्यक आर्थिक स्रोतको जोहो गर्न २०८१ कार्तिक २२ देखि ३० गतेसम्म नेपालगन्जको रामलीला मैदानमा वाचन शिरोमणी पण्डित दिनबन्धु पोखरेलको नेतृत्वमा वैकुण्ठधाम आध्यात्मिक महोत्सवको आयोजना हुने उनले बताए । महायज्ञको अलावा उक्त अवसरमा धार्मिक प्रवचन, आध्यात्मिक चिन्तनका साथै अन्य सनातन अनुष्ठान समेत हुने भएकाले सबैलाई सक्रिय सहभागिता र सहयोगका लागि उनले अपिल गरे ।

निर्माण सहयोगार्थ सम्पन्न हुन लागिरहेको आध्यात्मिक महोत्सवलाई सबैको साझा अभियान र अपनत्व बनाउने गरि १०८ वटा उपसमिति बनाएर तयारी तिब्र बनाइएको आयोजक संस्थाका महासचिव श्रीराम सिग्देलले बताए । उनले पवित्र अभियानमा जोडिएर सहयोग गरिदिन सबै नागरिकहरुमा अपिल गरे ।

मूलसमितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेगठले महोत्सवको तयारीकै चरणमा २८ लाख बढी नगद संकलन भइसकेको र सरकारी तथा गैरसरकारी संघ संस्था र ब्यवसायिक प्रतिस्थानहरुबाट करोड बढीको आश्वासन प्राप्त भएको जानकारी दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ७ : २२ बजे

‘क्रान्तिकारीबीच हातेमालो हुनुपर्छ’

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले

बसको ठक्करबाट हजुरबुवा र नातीनीको मृत्यु

झापा । यहाँको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ

बर्दियाको ठाकुरबाबामा युवा लक्षित ‘फोहोरलाई मोहर’ बनाउने तालिम सुरु

बर्दिया । बर्दियाको ठाकुरबाबामा ‘हरित अर्थव्यवस्था परियोजना’ अन्तर्गत फोहोर व्यवस्थापन

वैकुण्ठधाम निर्माणार्थ नेपालगन्जमा हुने आध्यात्मिक महोत्सवको तयारी तिब्र

नेपालगन्ज । वैकुण्ठधाम निर्माणार्थ नेपालगन्जमा संचालन हुने आध्यात्मिक महोत्सवको तयारीलाई