६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

दिल्लीबाट काठमाडौं आएको भिस्टाराको जहाजमा बम राखेको हल्ला, सेनाले ‘सर्च’ गर्दै



काठमाडौं । भारत नयाँदिल्लीबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ ।

भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले ‘अनग्राउन्ड’ रहेको छ । जहाजमा बम राखेको फोन दिल्लीबाटै आएको विमानस्थल स्रोतले जनाएको छ ।

बम राखेको खबर पाइएपछि नेपाली सेनाको कमान्डमा सुरक्षा निकायले जहाजको खानतलासी सुरु गरेको छ । पछिल्लो समय भारतीय जहाजहरूमा बम राखेको हल्ला फैलिने क्रम बढेको छ ।

बमको हल्ला आएको र अहिले टोली विमानस्थलमा पुगेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

काठमाडौं विमानस्थलमा अहिले उडान-अवतरण रोकिएको छ । नेपाली सेना सहितको सुरक्षा निकायले जहाजमा खानतलासी गरिरहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ६ : २४ बजे

गुल्मीको हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा

गुल्मी । विगत चार महिनादेखि गुल्मीमा हवाई उडान पटकपटक अवरुद्ध

माओवादी एसिया महादेश समितिबाट बाढीपीडितलाई आठ लाख सहयोग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एसिया महादेश सङ्गठन

भिस्टाराको विमानमा कुनै शङ्कास्पद वस्तु फेला परेन, उडान नियमित

काठमाडौं । भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा कुनै

दिल्लीबाट काठमाडौं आएको भिस्टाराको जहाजमा बम राखेको हल्ला, सेनाले ‘सर्च’ गर्दै

काठमाडौं । भारत नयाँदिल्लीबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको

प्रथम युथ फर एक्शन सेभेन ए साईड नक आउट फुटबल प्रतियोगिता भोलिदेखी सुरु

बुटवल । युथ फर एक्सन बुटवल १५ रुपन्देहीको आयोजनामा प्रथम