१७ चैत्र २०८१, आइतबार | March 31, 2025

वीरगञ्ज भन्सारको राजस्व सङ्कलन लक्ष्य सुधारोन्मुख



वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलनको लक्ष्य हासिल गर्नेतर्फ दत्तचित्त भएर लागेको छ । उक्त कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु ३८ अर्ब ८८ करोड २७ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ ।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पछिल्ला तीन महिनामा राजस्व सङ्कलनमा केही वृद्धि भए पनि लक्ष्य हासिल गर्न नसकिएको बताए। “साउनयता मासिक लक्ष्यअनुसार राजस्व सङ्कलनमा केही वृद्धि भइरहेको छ”, उनले भने। गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने करिब रु तीन करोड बढी राजस्व सङ्कलन भएको छ ।

भन्सार कार्यालयले गत आव २०८०/८१ को तीन महिनाको अवधिमा भने रु ३८ अर्ब ८५ करोड ५० लाख ९३ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयले चालु आवको साउनमा मासिक लक्ष्यको ७२ प्रतिशत अर्थात् रु १२ अर्ब १६ करोड ३२ लाख राजस्व सङ्कलन गर्यो । दोस्रो महिना भदौमा भने मासिक लक्ष्यको ७१ प्रतिशत अर्थात् रु १३ अर्ब २३ करोड ९८ लाख राजस्व सङ्कलन गरेको छ । चालु आवको तेस्रो महिना असोजमा मासिक लक्ष्यको ७७ प्रतिशत अर्थात् रु १३ अर्ब ४७ करोड ९६ लाख राजस्व सङ्कलन गरेको छ ।

भन्सार कार्यालयले गत आवको साउनमा भने मासिक लक्ष्यको ७५ दशमलव ९६ प्रतिशत अर्थात् रु ११ अर्ब ८६ करोड ८४ लाख राजस्व सङ्कलन गरेको थियो । गत आवको दोस्रो महिनामा मासिक लक्ष्यको ६५ दशमलव ५९ प्रतिशत अर्थात् रु १२ अर्ब ७१ करोड २२ लाख राजस्व उठाएको थियो । यसैगरी, गत आवको तेस्रो महिना असोजमा भने मासिक लक्ष्यको ६५ दशमलव ३५ प्रतिशत अर्थात् रु १४ अर्ब २७ करोड ४४ लाख राजस्व सङ्कलन गरेको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १० : ५९ बजे

डाँफे कप फुटबल : नव ज्योति बैजनाथ र भिलेज होप डुडुवा विजयी

खजुरा । न्यु डाँफे स्पोर्ट्स क्लब खजुरा- ४ डिगाउँ को

पत्रकार हत्याको बिरोधमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा पत्रकार

नेपालगन्ज । राजावादीको हिँसात्मक आन्दोलनका क्रममा पत्रकारको हत्या गरिएको विरुद्ध

सर्वदलीय बै‍ठकमा पूर्वराजालाई कारबाही गर्नुपर्ने प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा

मिडिया कप तथा साइन रेसुङ्गा कर्पोरेट फुटसल : सोमबार मिडिया कपसहित फाइनल खेल

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आइतबारदेखि बुटवलमा साइन