१० कार्तिक २०८१, शनिबार | October 26, 2024

वर्तमान सरकार ढल्ने सम्भावना छैन : नेता डा कोइराला



मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार ढल्ने कुनै सम्भावना नरहेकोे बताएका छन् । उनले सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई सुझाव दिए ।

मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक सङ्घ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको सरकार ढल्ने सम्भावना नरहेको स्पष्ट पारे ।

आगामी निर्वाचनसम्म कांग्रेस र एमालेको गठबन्धनकै सरकार रहिरहने बताउँदै नेता कोइरालाले भने, “यो सरकार ढल्दैन, चल्छ, यद्यपी मन्त्रीहरूले इमान्दारीपूर्वक काम गर्नुपर्दछ । जनतालाई सरकार भएको अनुभूति दिनुपर्दछ ।”

कोइरालाले राजनैतिक स्थिरता, आर्थिक विकास र सुशासनका लागि देशका सबैभन्दा ठूला दल कांग्रेस र एमालेको सरकार बनेको उल्लेख गरे । उनले भने, “यो सरकार बनेको धेरै भएको छैन, त्यसैले काम गर्न दिनुपर्छ।”

सुशासन कायम गर्न सरकार निर्मम रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिँदै उनले कांग्रेस र एमालेको बलले मात्रै संविधान संशोधन नहुने भएकाले सबैले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । नेता कोइरालाले अन्य दललाई पनि विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।

“संविधान संशोधन छुट्टै आयोग बनाएर हुन्छ कि संसदीय समिति बनाएर हुन्छ, सबै दलको सहमतिमा गर्नुपर्दछ,” उनले भने । नेपाल भूतपूर्व सैनिक सङ्घ मोरङको प्रथम जिल्ला अधिवेशनबाट प्रेम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ८ : ३१ बजे

रास्वपाद्वारा स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई कार्ययोजना पेश गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक–नागरिक संवादका लागि

बिगो निर्धारण निर्देशिकाको मस्यौदा : यस्ता छन् लिनुपर्ने आधार

काठमाडौं । सरकारवादी हुने फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन गर्दा

नेपालमै पहिलो पटक ‘शुद्ध पत्रे वेद’ प्रकाशन

काठमाडौं । वैदिक अनुसन्धान गुठी (वाग्) ले नेपालमै पहिलो पटक

साहित्य, कला र सङ्गीतमा लागेकाहरुले साँस्कृतिक रुपान्तरणमा दिशा निर्देश गर्नुपर्छ : प्रदेश प्रमुख घर्ती

बुटवल । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले समाजमा साँस्कृतिक

सोमबारबाट केरूङ नाका सञ्चालनमा ल्याउने तयारी

रसुवा । अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग