९ कार्तिक २०८१, शुक्रबार | October 25, 2024

सभापति लामिछाने पक्राउको विरोधमा रास्वपाद्वारा काठमाडौं र पोखरामा प्रदर्शन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने पक्राउको विरोधमा सो पार्टीका कार्यकर्ताहरुले काठमाडौं र पोखरामा विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघर र पोखराको मानवअधिकार चोकमा भएको प्रदर्शनमा रास्वपाका सयौं नेता कार्यकर्ता सहभागी भएका छन् । पोखरामा भएको प्रदर्शनमा रास्वपाका केन्द्रीय नेताहरुदेखि विभिन्न जिल्लाबाट पोखरा पुगेका नेता कार्यकर्ताको उपस्थिति रहेको छ ।

सरकारले राजनीतिक प्रतिशोधका आधारमा आफ्ना सभापतिलाई पक्राउ गरेको भन्दै रास्वपाले प्रदर्शनको आयोजना गरेको हो । प्रहरीले सहकारी ठगी र संगठित अपराध गरेको अभियोग लगाउँदै लामिछानेलाई शुक्रबार साँझ पार्टी कार्यालयबाट नियन्त्रणमा लिएर राति नै पोखरा लगेको थियो । सहकारी पीडितहरुले पोखरामा उनी विरुद्ध उजुरी गरेका छन् ।

तर रास्वपाले भने सहकारीका वास्तविक ठगहरुलाई जोगाउन, भ्रष्टाचारका अन्य घटनाहरु लुकाउन सरकारले राजनीतिक प्रतिशोध साँधेर आफ्ना सभापति पक्राउ गरेको आरोप लगाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  २ : २० बजे

नीतिनिर्माण प्रक्रियामा पूर्ण र समान साझेदार बनाउन मन्त्रालय प्रतिबद्ध छः मन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले

सिटामोल अभाव छैन : औषधि लिमिटेड

काठमाडौं । बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको

पूर्व माओवादीहरु एक ठाउँमा केका लागि ? : डा. बाबुराम भट्टराई

काठमाडौं । प्रचण्ड निकट केही साथीहरूले फेरि एक पटक हामीलाई

‘नो हर्न’ अभियान प्ले कार्ड मार्फत सचेतना जगाउदै ट्राफिक प्रहरी

काठमाडौं । केहि दिन यता काठमाडौंका चोक चोकमा ‘नो हर्न’

तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट

म्याग्दी । गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका