२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

होटलमा बस्न आएका ग्राहकबाटै लुटिए होटल संचालक

बेहोसीको औषधी मिसाएर लुटपाट गर्ने २ जना पक्राउ



कोहलपुर । बाँकेको कोहलपुरमा होटलमा कोठा लिएर बसेका ग्राहकबाटै होटल संचालक लुटिएका छन् । ग्राहक बनेर होटलमा बसेका २ जनाले बहोस हुने औषधी खुवाएर होटल संचालकमाथि लुटपाट गरेका हुन् ।

लुटवाटमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका वडा नं. ३ नदिपुर ३२ वर्षिया सन्जु कोइराला र माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ अस्तम बस्ने ६१ वर्षिय कालु परियार रहेका छन् ।

प्रहरीका अनुसार गत असोज १२ गते ग्राहक बनेर कोहलपुर नगरपालिका वडा नं. ११ नयाँ बस्पार्क स्थित न्यू रारा कर्णाली होटेलमा बास बसेका उनीहरुले सोही होटलका संचालकको परिवारमाथि लुटपाट गरेको प्रहरीले जनाएको छ । होटलमा बास बसेका २ जनाले संचालककी आमा पार्वती उपाध्यायलाई आमा नाता लगाई निजको भरोसा जिति असोज १५ गते राती अन्दाजी ११ः०० बजेको समयमा होटलसंचालकी आमा पार्वती उपाध्या र निजका २ जना नातीनी विधा आचार्य र विनिशा आचार्यलाई फ्रुटी तथा मोहि मा घातक विषादी मिसाई खुवाई निजहरुको शरीरमा रहेको एक तोला सुनका रिङ, आधा तोलाको तिलहरी, दुवै छोरीको कानमा रहेका ४ वटा गरी १ तोला सुनका रिङ, नाकमा लगाएको ९ आनाको नथनिया गरी जम्मा २.५ तोला ९ आना तौल भएका सुनका गहना र काउन्टरमा रहेको ३० हजार समेत लिएर फरार भएको कोहलपुर प्रहरीले जनाएको छ ।

लुटपाटको घटनाको अनुसनधान गर्ने क्रममा फरार अभियुक्तहरुको टिकटक आईडी र फेसबुक पछ्याउँदै उनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए । उनीहरुले चलाउने टिकटक आइडीमा चिउँडोमा कालो कोठी भएकी अन्दाजी उमेर २५/२६ भएको महिला र अन्दाजी उमेर ५५/६० जस्तो देखिने कालो वर्ण भएको पुरुष गरी २ जना लाई खोजतलास गर्दै जाने क्रममा दुबैजनालाई पक्राउ गरिएको उनले बताए ।

कोहलपुर प्रहरीबाट प्रहरी निरीक्षक रेशम लाल पौडेल समेतको प्रहरी टोलीले सन्जुलाई पोखरा स्थित आफनै घर कोठाबाट र कालु परियारलाई तनहु देवघाट गा.पा. वडा नं।. ५ क्षेत्रीटोलबाट फरक फरक मितिीमा स्थानीय प्रहरीको समेतको सहयोगमा पक्राउ गरिएको डीएसपी भण्डारीले बताए ।

प्रहरीका अनुसार पक्राउ गरेर कोहलपुर ल्याइएको उनीहरुबाट बेहोस बनाउने लोरापाम २ एमजीको १७ टेबलेट औषधी बरामद भएको छ । कोहलपुर प्रहरीले उनीहरुबाट अन्य स्थानमा पनि समान प्रकृतिको घटना भएको हुन सक्ने भन्दै सर्वसाधारणलाई प्रहरीमा सम्पर्क गर्न आग्रह समेत गरेको छ ।

 

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ७ : ५६ बजे

विसं २०८० कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औँ

सभापति लामिछाने जोडिएको सूर्यदर्शन सहकारीमा रु डेढ अर्ब अपचलन

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखराको

गम्भीर आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौं : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

१५ औँ महाधिवेशनमा सभापतिमा उठ्छु, ‘कन्फ्युजन’ मा नपर्नु होला : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १५ औँ

रवि पक्राउबारे प्रहरीले गरायो सभामुखलाई जानकारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ