२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

वैदेशिक रोजगारले टुटेको राजकुमारको घर



खजुरा । झरेको पात झैं भयो, उजाड मेरो जिन्दगी,
निभेको दीप झैं भयो उदाश मेरो जिन्दगी,
चुरा फुटेसरी भयो, चराहरु उडी गए,
हजार कोपिलाहरु, नमुस्कुराउँदै झरे…….

स्वरसम्राट नारायणगोपालले गाएको एउटा गीतको पङ्ती हो यो । यतीबेला बाँके खजुराका राजकुमार दर्जीको जिन्दगी पनि गीतमा गायएजस्ती झरेको पात सरि बनेको छ । २ वर्ष अघि घरमा सानो कोपिला र कोपिला जन्माउने मायालु श्रीमती छाडेर बैदेशिक रोजगारीमा कतार हानिएका राकुमारको जिन्दगी यतीबेला चुराफुटेसरी बनेको छ । घरमा फक्रँदै गरेको कोपिला सानी छोरीलाई घरमा एक्लै छाडेर आफुले जिवनमा धेरै माया गरेको श्रीमती आफु नेपाल फर्कने हप्तादिन अघि अकैंसँग हिँडेपछि राजकुमारको आँखाबाट आँसु थामिएका छैनन् । नेपाल फर्कने महिना दिन अघिसम्म घर फर्केर घर बनाउने, ब्यापार गर्ने र छोरीलाई राम्रो स्कुल पढाउने सल्लाह गरेकी श्रीमती नेपाल पुग्न १ साता बाँकी रहँदा सम्पर्क बिहिन भएपछि राजकुमारको जिवनमा अँधेरी छाएको हो ।

१५ वर्ष पहिले म्याग्दीको पुलाचौरबाट बाँकेको खजुराका बसाँइ सरेका राजकुमारको परिवार खजुरा ३ क गाउँमा बस्दै आएका थिए । जग्गाजमिन कम भएको र नेपालमा काम नपाएपछि उनी बैदेशिक रोजगारीको शिलशिलामा कतार गए । ८ वर्ष अगाडी राजकुमारले सुनिता परियारसँग प्रेम बिवाह गरेका थिए । सुनिता १६ वर्षको हुँदा प्रेम बिवाह गरेका उनीहरुबाट छोरी जन्मिएको थियो । छोरी काखमा हुर्केर मन्टेश्वरीमा पठाउँदा सम्म घरमा आर्थिक अभाव भयो । पक्की घरमा बस्ने, छोरीलाई राम्रो स्कुल पढाउने र श्रीमती र परिवारलाई सुख दिने सपना बुनेका राजकुमारको सपना नेपालमा बसेर पुरा हुने नदेखिएपछि २ वर्ष अगाडी उनी कतार हिँडे ।

कतारबाट पठाएको पैसाले श्रीमती सुनिताले छोरीलाई खजुरा स्थित लिटिल हार्वर मन्टेश्वरीमा भर्ना गरिन् । घरबाट स्कुल पठाउन टाढा भएसँगै सुनिता सहित राजकुमारको परिवार खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल नजिकै भाडामा बस्न थाले । राजकुमारले आफ्नो पसीनाको पैसा पठाउँथे र सुनिताले घरखर्च देखि कतार जाँदा लागेको ऋण तिर्दै गएकी थिइन् । राजकुमारले पठाएको हरेक पैसाको सदुपयोग गर्दै सुनिताले जम्मा गरेको पैसाले क गाउँमा रहेको घडेरीमा पक्की घरको जग पनि सुनिताकै सक्रियतामा बसालिन् । आवश्यक बाहेक फजुल खर्च नगर्ने, बजार जानुपरेपनि आफन्तको साथ लिएर मात्र जाने, घर बाहिर बढी ननिस्कने बानी भएकी सुनिताले राजकुमारको घरमा धेरै खुसी दिएकी थिइन् । छोरीलाई अति नै माया गर्ने र आफुसँग घण्टौ ईमोमा कुरा गर्ने श्रीमतीले सधैं घर ब्यवहारकै कुरा गर्ने गरेको राजकुमारले अहिले पनि झल्झली सम्झिरहेका छन् ।

राजकुमार दम्पत्ति

सासु, नन्द र छोरीको प्यारो बनेर बसेकी सुनिताको अर्कै ब्यक्तिसँग सम्बन्ध बनेको कुरा राजकुमारले आफु नेपाल आउनु १६ दिन पहिले मात्र थाहा पाएका थिए । त्यो पनि श्रीमतीले सम्बन्ध बनाएका पुरुषले श्रीमतीकै इमो एकाउण्टबाट उनको श्रीमतीसँग भएका अन्तरङ्ग कुराकानीको स्क्रिनसट पठाएपछि मात्र राजकुमार छाँगाबाट खसेजस्तै बने ।

आफ्नो श्रीमतीले परपुरुषसंग गरेको अस्लिल कुराकानी र पे्रमालापको स्क्रिनसट परपुरुषले पठाउन थालेपछि राजकुमारको दिमाखले काम गनैं छाड्यो । ती पुरुषले राजकुमारलाई त्यस्ता सामाग्री पठाउनु अघि श्रीमतीले आफु योग्य श्रमिती हुन नसकेको भन्दै मर्छु भन्ने गरेको राजकुमारले बताए । श्रीमतीले ‘मैले गल्ती गरें, म बाँच्न चाहन्न, छोरी राम्ररी हेर्नु होला’ भन्ने गरेको राजकुमारले बताए । गल्ती के हो ? भन्ने विषयमा पटक पटक श्रीमतीलाई सोधेपनि उनले कुनै कुरा नखोलेको उनले बताए ।

ती परपुरुषले स्क्रिनसट पठाएपछि भने सुनिताले आफु परिबन्धमा परेको र आफुलाई बाध्य पारिएको बताएको राजकुमारले बताएकी थिइन् । राजकुमारले परिबन्धमा परेको भए सीम परिवर्तन गर्न र माबाईल फम्र्याट गर्न सल्लाह दिए । सुनिताले पुरानो सीम फालेर नयाँ सीम प्रयोग गरिन् । यती भएपछि श्रीमतीसँग ढुक्क भएका राजकुमार तब स्तब्ध भए जव उनी नेपाल आउँदै गरेको खबर दिन गत असोज १६ गते श्रीमतीलाई कल गर्दा मोबाइल अफ भयो । सोही दिनको बिहान नुहाउँदै छु भनेकी सुनिताले त्यपछि छोरी लिन स्कुल जाँदै गरेको बताउँदा सम्म फोनमा राम्रै बोलेकी सुनिताको पछिल्लो आवाजमा केही फरक पाएपछि राजकुमारले घर फोन गरे । छोरी लिन जाँदैछु भनेकी सुनिताले घर बुझ्दा छोरी घर आइसकेको परिवारले बताए । शंका लागेर पुनः सुनितालाई फोन गर्दा उनको मोबाइल स्वीच अफ भैसकेको थियो ।

श्रीमती सम्झँदै भक्कानिएका राजकुमार

चिटिक्क परेकी पुतली जस्ती छोरी छाडेर हिँडेकी सुनिता बर्दिया गुलरिया घर भै नेपालगन्ज कारकाँदोमा परिवारलाई पसल खोलिदिएर कतार गएर फर्केका विष्णु शर्मासँग गएको राजकुमारका परिवारले बताएका छन् । २ वटा सन्तानका बाबु शर्माले नै राजकुमारलाई उनकी श्रीमती सुनितासँगको कुराकानीको स्क्रिनसट पठाउने गरेको राजकुमारले बताए । शर्माले सुनितामाथि भएको खर्च समेत आफुले ब्यहोर्ने भन्दै राजकुमारसँग श्रीमती आफुलाई सुम्पन आग्रह गरेको पनि उनले सुनाए । ‘मैले आफुलाई भन्दा बढी माया गरेको श्रीमती माग्दा मलाई कस्तो भयो होला ?’ भक्कानिँदै राजकुमारले भने, ‘उनकै खुसीका लागि बिदेश गएँ, अहिले घर न घाट बनाई ।’ कुरा गर्दै गर्दा पनि राजकुमार छोरीको अनुहार हेर्दै आंसु झार्ने गर्दछन् ।

राजकुमारले छोरीका लागि अहिले पनि भागेर गएकी श्रीमती स्वीकार गर्ने पक्षमा छन् । छोरीको भविश्यका लागि भएपनि उनलाई स्वीकार गर्नुको विकल्प नभएको उनले बताए । खबरकुरासँग कुरा गर्दै उनले आग्रह गरे, ‘एक पटक घर आइदेउ, तिम्रा हरेक गल्तीहरु मैला माफ गरिदिन्छु । छोरी र मेरो माया बुझीदेउ ।’ उनले प्रश्न गरे, ‘मेरो मायामा के कमी थियो ? यो जन्न चाहन्छु ।’

राजकुमारकी आमा रामकुमारी दर्जीले पनि बुहारीले छोरी र बुढाको अनुहार हेरेर फर्के आफुलाई खुसी लाग्ने बताइन् । पोईल नगइन्जेल बुहारीले आफुलाई कहिल्यै नराम्रो ब्यवहार नगरेको बताउँदै पुतलीले भनिन्, ‘मेरो सिहार सुसार गर्थिन्, मिठो बोलिबचन थियो, बजार जाँदा नी एक्लै कहिल्यै नजाने, खै के बुद्धि बिग्रेछ कुन्नी ?’

राजकुमारकी सासुआमा सुनिताकी आमा पुतली परियारले देवता जस्तो ज्वाईँलाई धोका दिएको भन्दै छोरीलाई घर फर्किन आग्रह गर्छिन् । ज्याईँको घर परिवारलाई धोका दिएर गएपनि आफ्नी छोरीले घरको कुनै सम्पत्ति नलगेको उनले बताइन् । आफ्नो नागरिकता बाहेक अरु कुनै सामान नलिई छोरी हिँडेकी उनले बताइन् ।

सुनिता परपुरुषसँग हिँडेपनि घरमा उनले सजाएर राखेको दराज उस्तै छ, उनले मिलाएर राखेका कपडा उस्तै छन् र राजकुमारले पाएको पैसाले जोडेको सरसामान जस्ताको तस्तै छ । छैनीन त खाली सुनिता । श्रीमती सम्झँदै अबिरल बगिरहेको छ राजकुमारको आँखाबाट आँशु ।

सुनितालाई भगाउने विष्णु शर्मा

 

 

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १ : २२ बजे

देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ र

सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग

काठमाडौं । जवाफदेहिता निरगानी समितिले सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोटलाई

सेवा रेमिटको अनुमतिपत्र खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज

वैदेशिक रोजगारले टुटेको राजकुमारको घर

खजुरा । झरेको पात झैं भयो, उजाड मेरो जिन्दगी, निभेको

दाङमा सर्प महोत्सव हुँदै

दाङ । दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस