१ कार्तिक २०८१, बिहिबार | October 17, 2024

बुटवलमा कार्तिक ३ गते वर्ल्डलिंक ‘सज्जन राज वैद्य : एकादेशमा नेपाल टुर २०२४’ लाइभ कन्सर्ट हुने



बुटवल । युवा पुस्तामाझ लोकप्रिय गायक सज्जनराज वैद्यको नेपाल टुर अन्तरगत शनिबार बुटवलमा लाइभ कन्सर्ट हुने भएको छ । चितवनबाट सुरु भई काठमाडौंसहित देशका पाँच प्रमुख सहरमा आयोजना गर्न लागिएको वर्ल्डलिंक ‘एकादेशमा नेपाल टुर २०२४’ अन्तरगत बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ६ हजार बढी दर्शकमाझ सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुन लागेको विहिबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

बुटवलमा विभिन्न ४ वटा इभेन्ट अर्गनाइजरहरुको सहकार्यमा कन्सर्ट आयोजना गर्न लागिएको आर्विडरी इभेन्टसका निर्देशक विपिन नकर्मीले जानकारी दिए । दर्शकका लागि अनलाइन पे खल्तीमा टिकट बुकिङ खुला गरिएको उनले जानकारी दिए । लोकल इभेन्ट अर्गनाइजर हिमाल आचार्यका अनुसार जनरल, फ्यान अडियन्स र भिआईपी गरी ३ समूहमा विभाजन गरी १ हजार ५ सय, २ हजार र २ हजार ५ सय टिकट दर कायम गरिएको उनले जानकारी दिए । शनिाबर दिउँसो ३ बजेदेखि हुने कार्यक्रममा अनलाइन बुकिङ नगरेका दर्शकहरुका लागि क्यास काउन्टरबाट पनि टिकट उपलब्ध गराइने एमएन प्रोडक्सनका निर्देशक अक्षर श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा लागि आफ्नै साउण्ड सिस्टम तथा लाइटिङ तथा विश्वका चर्चित व्याण्डहरुमा अनुभव प्राप्त ७ जना साउण्ड इन्जिनीयर रहेको आयोजकले जनाएको छ । बुटवलमा हुने इभेन्ट सम्पन्न गर्नका लागि ९० लाख बढी खर्च अनुमान गरिएको बताउँदै आयोजकले यहाँबाट हुने आम्दानीको केही रकम बुटवलमै आँखा शिविर सञ्चालनका लागि सहयोग गर्ने जनाएको छ । यो इभेन्ट बुटवलमा हालसम्मकै ठूलो हुने आयोजकको दाबी छ ।

सज्जन राज वैद्य हालका सफल र श्रोताहरुका प्रिय संगीतकर्मीमध्ये एक हुन् । ‘हवाइजहाज’, ‘चिट्ठी भित्र’, ‘मायालु’, ‘सस्तो मुटु’ जस्ता उनका गीतहरू नेपाली युवा पुस्तामा अत्यधिक चर्चित छन्, । उनका गीतहरूले पछिल्लो समय युट्युबमा करोडौं भ्युज पाउने गरेको छ । नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित गराउँदै आएका सज्जनका गीतहरूले उनलाई समकालीन नेपाली संगीतको आइकन बनाइसकेका छन् । यो टुर सज्जनको पहिलो आधिकारिक नेपाल टुर हो ।

यस सांगीतिक यात्राका अन्य कार्यक्रमहरू कात्तिक १६ गते पोखरा, कात्तिक २४ गते इटहरी, र मंसिर १ गते काठमाडौंमा आयोजना गरी समापन हुने छ । वर्ल्डलिंकले यस टुरलाई प्रायोजन गरेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  १० : २६ बजे

बुद्ध एयरकोे ‘माउन्टेन फ्लाईट’ मा प्राविधिक समस्या देखिएपछि सुरक्षित अवतरण

काठमाडौं । बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाईट)मा गएको ‘नाईन

नेपालगन्ज हुँदै नेपाल भित्रिएको ८५ हजार केजी गुणस्तरहिन चामल भारत फिर्ता

नेपालगन्ज । चाडवाडको मौका छोपी नेपालगन्जका स्थानीय व्यापारीले व्यवसायीक प्रयोजनका

सावित्री र सावा मनसुली जातका धानमा ‘डटी पेनिकल’ समस्या

चितवन । जिल्लामा लगाइएको धानमा ‘डर्टी पानिकल’ नामक रोगको समस्या

कोहलपुरमा होटलको कोठा बुक गरेर सामुहिक बलात्कार, ५ जना पक्राउ

नेपालगन्ज । बाँकेको कोहलपुरमा नाबालिकालाई ललाई फकाई होटलमा लगेर २

गौशाला धर्मशाला विवाद : पर्यटनमन्त्रीले बोलाए पशुपति क्षेत्र विकास कोषको बैठक

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला