२९ आश्विन २०८१, मंगलबार | October 15, 2024

पशुपतिनाथको जग्गामा मारवाडी सेवा समितिको गिद्दे नजर : क्षेत्र विकास कोष

गौशाला धर्मशाला सञ्चालनको अधिकार मारबाडी सेवा समितिलाई छैन



काठमाडौं। पशुपति क्षेत्र विकास कोषले पशुपतिस्थित गौशाला धर्मशालाको ९ रोपनी भन्दा बढी जग्गामा मारवाडी सेवा समितिले भोगचलन गर्नका लागि गिद्दे नजर लगाएको आरोप लगाएको छ । मंगलबार कोषले पत्रकार सम्मेलन गरी पशुपति क्षेत्र विकास कोष पशुपतिस्थित गौशाला धर्मशाला सञ्चालनको अधिकार मारबाडी सेवा समितिलाई नभएको जनाउँदै शक्तिकेन्द्रमा धाएर पशुपतिनाथको जग्गा प्राप्त नहुने स्पष्ट पारेको छ ।

पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगर बीच यही असोज २२ गते सहमति भई महानगरलाई व्यवस्थापनको अधिकार दिएको पनि कोषले स्पष्ट पारेको छ । ‘भगवान पशुपतिनाथको जग्गा जोगाउन पशुपति विकास कोष सिंगो रुपमा उभिएको छ,’ पत्रकार सम्मेलनमा कोषका पदाधिकारीले एकस्वरले भनेका छन्। पत्रिकामा विज्ञापन प्रकाशित गर्ने र शक्तिकेन्द्रमा धाएर मोही कायम हुन नसक्ने उल्लेख गर्दै कोषले शटर भाडामा लगाउन अधिकार मारबाडी सेवा समितिलाई नभएको जनाएको छ । धर्मशालाको शटर वषौंदेखि मारवाडी सेवा समितिले भाडामा लगाउँदै आएको छ ।

सर्वोच्च अदालतको फैसला बमोजिम मारबाडी सेवा समितिको दाबी नपुग्ने ठहर गरेको पनि कोषले स्पष्ट पारेको छ । मारबाडी सेवा समितिबाट वार्षिक ५१ हजार रुपैयाँ धर्मशाला सञ्चालन गरेबापत कोषमा उपलब्ध गराउने विगतमा दुई पक्षको सहमति भएपनि सम्झौता अनुसार रकम उपलब्ध नगराएको र सम्झौतामा भाडादर पुनरावलोकन हुने व्यवस्था भएपनि मारवाडी सेवा समिति लागि तयार नभएको कोषले जनाएको छ ।

मारवाडी सेवा समितिले मोहीयानी हक रहेको दाबी गरेपनि त्यसमा प्रमाण नपुग्ने दाबी गर्दै कोषले मोहीयानी हक दाबी गर्ने आधार समितिसँग नभएको जनाएको छ ।

२३ असोजमा महानगरले मारबाडी सेवा समितिले रोखेको बोर्ड हटाएको थियो । मारवाडी सेवा समितिले अदालतबाट मुद्दाको पूर्णपाठ नआएसम्म आफुहरुले धर्मशाला खाली नगर्ने तथा आफुहरुलाई पुनराबेदनको अधिकार रहेको जनाउँदै आएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ३ : ५० बजे

पात्रोपिच्छे आश्विन शुक्ल पूर्णिमा व्रत फरक, व्रतालुहरु अन्योलमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, खाना पकाउने ग्यासको यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको

प्रहरी दिवसमा उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान

काठमाडौं । ६९औँ प्रहरी दिवसका अवसरमा आज उत्कृष्ट प्रहरी कर्मचारीलाई

तीन राउण्ड गोली र लोडेड पेस्तोलसहित एकजना पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड