२९ आश्विन २०८१, मंगलबार | October 15, 2024

बुटवल हस्पिटल प्रा.लिको पूर्वमन्त्री खांण सहितका नेताहरुबाट अवलोकन, नमुना अस्पताल निमार्ण भएको धारणा



बुटवल । बुटवलमा निमार्ण सम्पन्न भई उपचार सेवा शुरु भएको बुटवल हस्पिटल प्रा.लिको पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खांणले अवलोकन गरेका छन । मंगलबार पूर्वमन्त्री खांण सहितका नेताहरुले अस्पतालको नवनिर्मित भवन, उपकरण तथा सेवाका बारेमा जानकारी लिएका हुन । बुटवलमा नीजि क्षेत्रको एक सय शैयाको आफ्नै भवनमा बनेको बुटवल हस्पिटल प्रा.लि पहिलो अस्पताल हो ।

अस्पतालको अवलोकन प्रश्चात पूर्वमन्त्री खांणले भने, -‘बुटवल धेरै हिसाबले अब्बल रहेपनि स्वास्थ्य क्षेत्रमा कता कता पछाडी हो कि भन्ने थियो, अव बुटवल हस्पिटल प्रा.लिले त्यसको अन्त्य गरेको हुनु पर्दछ । संविधानले परिकल्पना गरे अनुसार स्वास्थ्यको हक नागरिकहरुको मौलिक अधिकार भएपनि सबैको पहुचमा सरकार पुग्न नसकेको भन्दै पूर्वमन्त्री खांणले नीजी क्षेत्रले सरकारले गर्न नसकेका कामहरु गरेर नागरिकको ज्यान बचाउने काम गरेको बताए ।

बुटवल हस्पिटल प्रा.लिले दुखी गरिब आसहाय बिरामीहरुको उपचारमा पनि मद्त गर्ने विश्वास व्यक्त गर्दै उनले यो हस्पिटल यस क्षेत्रकै गहना भएकोले सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताएका छन ।

सो अवसरमा अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले नीजि क्षेत्रबाट भएको प्रयासलाई तीन तहका सरकार र नागरिकहरुले सकारात्मक ढंगले सहयोग गरे आफुहरुको हौसला बढ्ने बताए । उनले बुटवलबाट उपचारकै लागि भारतिय शहरहरुमा गएर बिरामीले धेरै दुखकष्ट पाउनुका साथै ठुलो धनराशी खर्च भैरहेको बेला आफ्नै स्थानमा बनेको अस्पतालको संरक्षणमा सबैको साथ पाउने अपेक्षा गरे ।

उनले छिट्टै नर्सिंङसहितका कार्यक्रमहरु पनि अघि बढाउने बताउदै राज्यले तोकेको मापदण्ड अनुसार स्वास्थ्य क्षेत्रलाई अघि बढाउनुपर्ने बताए ।

अस्पतालको अवलोकनका क्रममा गण्डकी प्रदेशका अर्थ मन्त्री डा टुक बहादुर गुरुङ, नेपाली कांग्रेस लुम्बिनी प्रदेशक ससदिय दलका प्रमुख सचेतक जमुना ढकाल, बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, बुटवल वडा न ४ का वडा अध्यक्ष नरिश्वर शर्मा पौडेल, बुटवल वडा न ६ का वडा अध्यक्ष लोकनाथ न्यौपाने, नेपाली कांग्रेसका नगर उपसभापती ज्योती भण्डारी, बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्ति अधिकारी, बुटवल हस्पिटल प्रा.लिका सचिव मोहन पाण्डे, अस्पतालका निर्देशक डा कृष्ण खनाल लगायतले अस्पतालका विषयमा धारणा राखेका थिए । आजभन्दा २४ वर्ष अघि स्थापना भएको यो अस्पतालमा विभिन्न विधाका ३५ जना कन्सल्टेण्ट डाक्टरहरु सहित २ सय ५० जना कर्मचारीहरु रहेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  १ : ०७ बजे

पात्रोपिच्छे आश्विन शुक्ल पूर्णिमा व्रत फरक, व्रतालुहरु अन्योलमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, खाना पकाउने ग्यासको यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको

प्रहरी दिवसमा उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान

काठमाडौं । ६९औँ प्रहरी दिवसका अवसरमा आज उत्कृष्ट प्रहरी कर्मचारीलाई

तीन राउण्ड गोली र लोडेड पेस्तोलसहित एकजना पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड