२९ आश्विन २०८१, मंगलबार | October 15, 2024

चन्द्रवहादुरको टाउको छिनाएको आरोप लागेका अनिल राप्तीसोनारीबाट पक्राउ



कोहलपुर । बडादसैँको राति एक पुरुषको टाउको छिनाएर सेफ्टीट्याङकिमा लुकाएको आरोप लागेको अनिल परियारलाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुरका चन्द्रवहादुर कामीको टाउको छिनाएर फरार आरोपित परियारलाई बाँकेको राप्तीसोनारीबाट प्रहरीले पक्राउ गरेको हो ।

रोल्पा जिल्ला माडी गाउपालिका वडा नं ६ बस्ने २४ वर्षीय अनिल परियारलाई चन्द्बहादुरको हत्या अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार परियारलाई राप्तीसोनारी गाउँपालिका–१ तिनघारी टोल स्थित भौवानाका जाने बाटोको दाँया तर्फ रहेको तिर्थमाली परियारको घर किनारमा रहेको शौचालयबाट आज बिहान ८ बजे पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट प्रहरी निरीक्षक राजकुमार भट्टको कमाण्डमा खटिईएको प्रहरी टोलि र इप्रका कुसुम बाँके बाट प्रहरी नायब निरीक्षक मोहनलाल वलीको कमाण्डमा खटिईएको प्रहरी टोलीले परियारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मृतक कामीको टाउको घटनास्थलबाट करिव ५०० मिटर पूर्वउत्तरमा अनिलको दिदी नाता पर्ने सुनिता परियारको घरको सेफ्टीट्याङकिमा गएरातीमात्रै फेला परेको थियो ।

अनिल पाहुना पर्न सुनितामा आएको बताइएको छ । हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।कोहलपुर नगरपालिका–८ पिपिरी चोकदेखि करिव दुई किलोमिटर पूर्व शितलनगरमा हत्या गरिएको अवस्थामा शनिबार राति कामिको टाउको नभएको शव फेला परेको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  १२ : ५४ बजे

पात्रोपिच्छे आश्विन शुक्ल पूर्णिमा व्रत फरक, व्रतालुहरु अन्योलमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, खाना पकाउने ग्यासको यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको

प्रहरी दिवसमा उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान

काठमाडौं । ६९औँ प्रहरी दिवसका अवसरमा आज उत्कृष्ट प्रहरी कर्मचारीलाई

तीन राउण्ड गोली र लोडेड पेस्तोलसहित एकजना पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड