२९ आश्विन २०८१, मंगलबार | October 15, 2024

कुश्मामा पर्यटकको घुइँचो



पर्वत । पर्यटकीय पूर्वाधार निर्माण भएसँगै यहाँका विभिन्न पर्यटकीयस्थलहरुमा दसैँका बेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ ।

दसैँ मनाउनेसँगै बिदामा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । सदरमुकाम कुश्मा विभिन्न सङ्घसंस्थाहरुका अवलोकन भ्रमण गर्ने गन्तव्यसमेत बन्दै गएको छ । यहाँस्थित बञ्जीजम्प, लामो सुपरम्यान शैलीको जिपलाइन, मुलुककै अग्ला र लामा झोलुङ्गेपुलले आन्तरिक पर्यटक आकर्षित गरेको हो ।

हिउँदयाम सुरु भएसँगै अहिले पर्वत सदरमुकाममा दैनिक एक हजार बढी सङ्ख्यामा आन्तरिक पर्यटक भित्रिने गरेका छन् । बिस्तारै कुश्माका पर्यटकीयस्थलमा बाह्य पर्यटक पनि आउन थालेको स्थानीय होटल व्यवसायी सुरेश केसीले जानकारी दिए। पर्यटकको आगमनले कुश्मा बजारका होटलहरु भरिभराउ छन् ।

कुश्मामा सुविधासम्पन्न होटल थपिएका छन् । मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पनि पर्वत सदरमुकाममा चहलहपल बढ्न थालेको पर्यटन व्यावसायी कृष्णप्रसाद श्रेष्ठले बताए। मुस्ताङ जाने पर्यटकहरु जाने र फर्किने बेलामा बास बस्न यहाँ आउने गरेको श्रेष्ठको भनाइ छ ।

उनका अनुसार चितवन, विराटनगर, हेटौँडा, दोलखा, नेपालगन्ज, बर्दिया, दाङ, बुटबल, कपिलवस्तुलगायत क्षेत्रबाट शैक्षिक तथा अवलोकन भ्रमणका लागि यहाँ धेरै आउने गरेका छन् ।

बञ्जी जम्प र जिपलाइनमा समेत एक साता अघिदेखि ‘टिकट बुकिङ’ भएको सञ्चालकको भनाइ छ । अन्य दिनभन्दा शुक्रबार र शनिबार पर्यटकको चाप बढी हुने गरेकामा दसैँमा धेरै दिन बिदा हुने भएकाले भीडभाड भएको द एडभेञ्चर रिसोर्टका सञ्चालक सुनिलसिंह बाँनियाले जानकारी दिए ।

यस वर्षदेखि बाह्य पर्यटकसमेत उल्लेख्य मात्रामा आउन थालेको द क्लिफका सञ्चालक राजु कार्कीले बताए। दैनिक एक सयभन्दा बढीले बञ्जी तथा स्विङ गर्ने गरेको, त्यसकै हाराहारीमा पिङ, रक क्लाइम्बिङ र साइक्लिङ गर्ने गरेको उनले जानकारी दिए । रासस

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ११ : ५५ बजे

पात्रोपिच्छे आश्विन शुक्ल पूर्णिमा व्रत फरक, व्रतालुहरु अन्योलमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, खाना पकाउने ग्यासको यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको

प्रहरी दिवसमा उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान

काठमाडौं । ६९औँ प्रहरी दिवसका अवसरमा आज उत्कृष्ट प्रहरी कर्मचारीलाई

तीन राउण्ड गोली र लोडेड पेस्तोलसहित एकजना पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड