२९ आश्विन २०८१, मंगलबार | October 15, 2024

राष्ट्र संघीय शान्ति सेनामाथि लेबनानमा भएको आक्रमणको नेपालद्वारा कडा निन्दा



काठमाडौं । नेपालले लेबनानमा संयुक्त राष्ट्र संघअन्तर्गतका शान्ति सैनिकमाथि इजरायलबाट भएको आक्रमणको कडा निन्दा गरेको छ ।

परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत आक्रमणको कडा निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ ।

इजरायली सेनाले आइतबार युनिफिल क्याम्पको मुख्य गेट तोडेर शान्ति सैनिकको आधार क्षेत्रमा गोलाबारी गरेको थियो । जसबाट १५ जना शान्ति सैनिक घाइते भएका छन् । इजरायलले गाजा र लेबनानका जनतामाथि बर्बरतापूर्वक आक्रमण गरेर हजारौंको हत्या गरिसकेको छ । संयुक्त राष्ट्र संघको शान्ति सेनाको रुपमा लेबनानमा नेपाली सेना पनि खटिँदै आएका छन् । यद्यपी, अहिलेसम्म नेपाली शान्ति सेना सुरक्षित रहेका छन् ।

परराष्ट्र मन्त्रालयले लेखेको छ, ‘नेपाल संयुक्त राष्ट्र संघको अन्तरिम बल (यूएनआईएफआईएल)का शान्ति सैनिकमाथि हालै भएको आक्रमणको कडा निन्दा गर्दछ । साथै संघर्षरत सबै पक्षलाई संयुक्त राष्ट्र संघकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ । यस्ता आक्रमण तत्काल रोक्नुपर्दछ र घटनाको गहन अनुसन्धान गर्नुपर्दछ ।’


नेपासहित संयुक्त राष्ट्रसंघको शान्ति सेनामा योगदान दिने ३३ देशले सोमबार संयुक्त विज्ञप्ति निकालेर इजरायली सेनाबाट भएको आक्रमणको निन्दा गरेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ११ : ०५ बजे

पात्रोपिच्छे आश्विन शुक्ल पूर्णिमा व्रत फरक, व्रतालुहरु अन्योलमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, खाना पकाउने ग्यासको यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको

प्रहरी दिवसमा उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान

काठमाडौं । ६९औँ प्रहरी दिवसका अवसरमा आज उत्कृष्ट प्रहरी कर्मचारीलाई

तीन राउण्ड गोली र लोडेड पेस्तोलसहित एकजना पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड