२० चैत्र २०८१, बुधबार | April 2, 2025

कोहलपुरमा हत्या गरिएका कामीको टाउको भेटियो, टाउको काट्ने भेटिएन



नेपालगन्ज । बाँकेको कोहलपुरमा घाँटी रेटेर हत्या गरिएका चन्द्रबहादुर कामीको टाउको फेला परेपनि हत्यामा संलग्न ब्यक्ति भने अज्ञात रहेको छ । मृतक कामीको टाउको चार सय मिटर टाढा अनिता परियारको घरमा रहेको सेफ्टीट्यांकीमा फेला परेको प्रहरीले जनाएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर ८, पिपिरीमा ४० वर्षीय कामीको शनिबार राती हत्या गरिएको थियो । हत्याराले कामीको टाउको लिएर गएका थिए ।

घटनास्थलदेखि करिव चार सय मिटर टाढा अनिता परियारको घरमा रहेको सेफ्टीट्यांकीमा कामीको टाउको फेला परेको ईलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी निरीक्षक राजकुमार भट्टले बताए । टाउको भेटिएको घर प्रहरीले हत्यामा संलग्न रहेको आशंका गरेको अनिल परियारको बहिनी पर्नेको घर भएको प्रहरीले जनाएको छ । शव फेलापरेदेखि नै स्थानीय परियार फरार छन् ।

पिपिरीचोकदेखि करिव दुई सय मिटर पूर्वमा रहेको शितलनगरमा कामीको हत्या गरिएको थियो। घटनास्थल नजिकको सरस्वतीचोकमा रहेको सीसी क्यामेरामा एक युवकले कालो प्लास्टिकको झोलामा टाउको बोकेर गएको देखिएको थियो ।

प्रहरीले फरार अनिलमाथि शंका गरेपनि हत्यामा संलग्न कसैलाई पक्राउ गर्न सकेको छैन । घटनाको गम्भीर अनुसनधान भइरहेको बाँके प्रहरी प्रवक्ता आयुस जोशीले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ९ : ३० बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावातबीच भेटवार्ता

बैङकक, २० चैत स् थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी

रेडियो नेपाल आवाजविहीनहरूको आवाज बन्नुपर्छ : राष्ट्रपति

काठमाडौ्र । राष्ट्रपति रामचन्द्र पौडेलले यसै वर्ष सार्वजनिक सेवा प्रसारण

सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा

प्रेस सेन्टर नेपाल : लोकतान्त्रिक अभ्यास, नयाँ नेतृत्व र आगामी कार्यदिशा

प्रेस सेन्टर नेपालको पाँचौं महाधिवेशन २०८१ चैत्र १६ र १७