२८ आश्विन २०८१, सोमबार | October 14, 2024

बाढीले दुई करोडको तरकारी बाली क्षति



सुनसरी । असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा रु दुई करोड ५० लाख बराबरको तरकारी बाली क्षति भएको छ ।

सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्रलगायतका स्थानमा तरकारी बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिए । बाढीले बन्दा, भण्टा, लौका, फर्सीलगायत तरकारी बालीमा क्षति पुगेको हो ।

“बाढीका कारण सुनसरीमा एक सय पाँच हेक्टर क्षेत्रफलको तरकारी बाली क्षति गरेको छ, केरा खेतीमा पनि बाढीबाट क्षति भएको छ”, प्रमुख सिंहले भने ।

स्थानीय किसान रामबृक्ष मेहता बाढीले तरकारी बालीमा क्षति पुगेपछि आम्दानीको स्रोत गुमाउनुपरेको बताए । बाढीले ५० हेक्टरमा लगाएको रु एक लाख ८० हजार बरावरको उखुबालीमा क्षति भएको उनले बताए ।

जिल्लामा आठ हजार एक सय ५३ हेक्टर क्षेत्रफलमा तरकारी खेती तथा पाँच हजार आठ सय ७७ हेक्टरमा उखु खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ८ : ०५ बजे

कोहलपुरमा हत्या गरिएका कामीको टाउको भेटियो, टाउको काट्ने भेटिएन

नेपालगन्ज । बाँकेको कोहलपुरमा घाँटी रेटेर हत्या गरिएका चन्द्रबहादुर कामीको

भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते

बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर

बाढीले दुई करोडको तरकारी बाली क्षति

सुनसरी । असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा

कुश्मामा पर्यटकीय चहलपहल बढ्दै

पर्वत । पर्वतको कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै

खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य