२८ आश्विन २०८१, सोमबार | October 14, 2024

कुश्मामा पर्यटकीय चहलपहल बढ्दै



पर्वत । पर्वतको कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । बडादसैँ मनाउन आएकाहरु बिदामा घुम्न यहाँ आइपुगेका छन् । विभिन्न सङ्घ संस्थाबाट समेत अवलोकन भ्रमणका लागि सदरमुकाम कुश्मा आएका छन् ।

कुश्मा बजार क्षेत्रमा बञ्जीजम्प, जीपलाईन, अग्ला र लामा झोलुङ्गे पुल रहेका छन् । त्यसैले यहाँ बढीजसो आन्तरिक पर्यटकलाई घुम्न आएका हुन् । दसैँ सकिएसँगै यहाँ पर्यटकको चहलपहल बढ्न थालेको छ । अरु समयमा भन्दा दसैँतिहार जस्ता चाडवाडमा पर्यटक बढी भित्रिने गरेका छन् ।

कुश्माका पर्यटकीय स्थलमा पछिल्लो समय आन्तरिकका साथै बाह्य पर्यटक पनि घुम्न आउन थालेका होटल व्यवसायी सुरेश केसी बताउँछन् । “पर्यटकको सङ्ख्या बढेसँगै कुश्मा बजारका होटल भरिभराउ हुन थालेका छन्”, उनले भने।

पर्यटक आगमन बढ्न थालेपछि कुश्मा बजारमा सुविधासम्पन्न होटलसमेत थपिन थालेका छन् । मुस्ताङ, उपल्लो मुस्ताङ, कोरला नाकामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पनि यहाँ चहलहपल बढ्न थालेको पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताए । मुस्ताङ जाने पर्यटकले बास बस्न यहाँका होटल बुकिङ गर्ने गरेका उनले बताए ।

बञ्जिजम्प र जीपलाइनका लागि समेत एक हप्ता अघिदेखिनै टिकट बुकिङ भइरहेको सञ्चालकहरुले बताएका छन् । शुक्रबार र शनिबार तथा सार्वजनिक बिदाको समयमा यहाँ पर्यटकको चहलपपह बढी हुने गरेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ८ : ०० बजे

कोहलपुरमा हत्या गरिएका कामीको टाउको भेटियो, टाउको काट्ने भेटिएन

नेपालगन्ज । बाँकेको कोहलपुरमा घाँटी रेटेर हत्या गरिएका चन्द्रबहादुर कामीको

भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते

बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर

बाढीले दुई करोडको तरकारी बाली क्षति

सुनसरी । असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा

कुश्मामा पर्यटकीय चहलपहल बढ्दै

पर्वत । पर्वतको कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै

खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य