२९ आश्विन २०८१, मंगलबार | October 16, 2024

बाँकेमा धुमधामका साथ गरियो दुर्गामूर्ती विसर्जन (फोटोफिचर)



नेपालगन्ज । घटस्थापनाको दिनदेखि बाँकेका विभिन्न स्थानमा स्थापना गरिएको दुर्गा भवानीको मूर्ती आज बिधिवत बिसर्जन गरिएको छ । ९ दिनसम्म बिधिपूर्वक पूजा अर्चाना गरिएको दुर्गाभवानीको मूर्ती आज बाँकेका बिभिन्न नदीतटमा लगेर विसर्जन गरिएको हो ।

यसवर्ष नेपालगन्ज उपमहानगरपालिकामा मात्र ५० बढी र बाँके जिल्लाभरबाट झण्डै ५ सय बढीको हाराहारीमा दुर्गा भवानीको मूर्ती स्थापना गरि नवरात्रको पूजा गरिएको थियो । मूर्ती निर्माणस्थलमा हवन गर्दै बाजागाजा र भक्तजनको लावालस्कर सहित बाँकेको राप्ती नदी, अगैया, मानखोला र नजिकका पवित्र जलकुण्ड तथा नदि घाटहरुमा मूर्ती बिसर्जन गरिएको छ ।

नदी घाटमा लग्नुपूर्व दुर्गा उपासकहरुले बिभिन्न घरेलु हतियार सहित नेपालगन्जका चोकहरुमा खेल प्रदर्शन गरेका थिए । जिल्लाका अधिकांस स्थानका मूर्तीहरु नेपालगन्जमा एकत्रित भई नगर परिक्रमा सहित राप्तीनदीको सिधनिया घाटमा विसर्जन गरिएको थियो भने धम्बोझी पश्चिमका मूर्ती मानखोला र कोहलपुर पूर्व स्थापना भएका मूर्ती अगैया घाटमा विसर्जन गरिएको थियो ।

मूर्ती विसर्जनको सुरक्षा प्रबन्धका लागि १ हजार ५ सय नेपाल प्रहरी, सशस्त्र प्रहरी खटाईएको र सुरक्षाको थप प्रबन्ध मिलाउन ड्रोनबाट समेत निगरानी राखिएको बाँके प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरिक्षक आयुस जोशीले बाँकेमा मूर्ती विर्षजन गर्दा कुनै पनि अबरोध तथा अपृय घटना हुन नदिन पूर्ण तयारीका साथ टोली तैनाथ गरिएको बताए ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ८ : ४२ बजे

पात्रोपिच्छे आश्विन शुक्ल पूर्णिमा व्रत फरक, व्रतालुहरु अन्योलमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, खाना पकाउने ग्यासको यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको

प्रहरी दिवसमा उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान

काठमाडौं । ६९औँ प्रहरी दिवसका अवसरमा आज उत्कृष्ट प्रहरी कर्मचारीलाई

तीन राउण्ड गोली र लोडेड पेस्तोलसहित एकजना पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड